निसीखोला गाउँपालिका ४ मा कांग्रेसका पौडेलको प्यानलै विजयी

आदर्श अनलाइन, निसीखोला
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा पाँच दलीय गठबन्धनको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका टिकानिधि पौडेल विजयी भएका हुन् ।

उनले प्रतिद्वन्द्वी नेकपा एमालेका लोकिश्वर पौडेललाई २१६ मतान्तरले पराजित गरेका छन् । टिकानिधि पौडेलले ६७७ मत प्राप्त गर्दा लोकिश्वर पौडेलले ४६१ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचत पौडेल निवर्तमान अध्यक्ष हुन् ।

अघिल्लो चुनावमा पनि यी दुई बीचनै प्रतिस्प्रधा भएको थियो । महिला सदस्य गीता सापकोटाले ६७१, दलित महिला सदस्य जीवन कुमारी सुनारले ७४२, खुल्ला सदस्य टीका मल्लले ७३४ र खुल्ला सदस्य लिला बहादुर घर्तीले ७९७ मत प्राप्त गरि विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *