बागलुङको ४५ वडाको मत परिणाम सार्वजनिक

आदर्श अनलाइन, बागलुङ

बागलुङका १० पालिकका ८५ वडा मध्ये तीन पालिका सहित ४५ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले धमाधम मतपरिणाम आइरहदा हाल सम्म जिल्लाको १० पालिकामा ४५ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम हेर्दा गठबन्धको अग्रता कायमै रहेको छ । ४५ वडाको नतिजा सार्वजनिक भएमध्ये १८ वडामा नेपाली कांग्रेस, १३ वडामा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाले ७ वटा वडा, नेकपा एमालेले ६ वटा र नेकपा एसले १ वटा वडामा जित हासिल गरेको छ ।

जिल्लाको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सम्पूर्ण मतपरिणाम आइसकेको छ । जसमध्ये गठबन्धका उम्मेदवारले विजयी हासिल गरेका छन भने गलकोटको ११ नम्बर वडामामात्रै एमाले विजयी भएको छ ।

बागलुङको गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरै र उप प्रमखुमा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित हुनुभएको छ । ११ वडा रहेको गलकोट नगरपालिकामा एक वडा बाहेक गठबन्धका दलहरुले विजयी प्राप्त गरेका छन् । ११ वडा मध्ये नोपाली कांग्रेसले २, ३, ४, ५, ८,९ र १० नम्बर वडामा बिजयी हासिल गरेको छ भने माओवादी केन्द्रले ६ र ७ नम्बर वडा, राष्ट्रिय जनमोर्चाले १ नम्बर वडा र ११ नम्बर वडा नेकपा एमालेले जितेको छ ।

यस्तै तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली काँग्रेस बिजयी भएको छ । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिरा कुमारी छन्त्याल बिजयी हुनुभएको छ । ६ वटा वडा रहेको तमानखोलामा १, २, ४ नम्बर वडामा माओवादी केन्द्र बिजयी भएको छ भने ३, ५ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धन बहादुर बिक र उपाध्यक्षमा कांग्रेसका भिम बहादुर रोका विजयी हुनुभएको छ । पाँच वडा रहेको ताराखोलामा सबै वडा माओवादी केन्द्रले जितेको छ ।

यस्तै जिल्लाको ढोरपाटन नगरपालिकामा मतगणना चलिरहदा हाल सम्म ४ वडाको मत परिणाम सार्वजनिक भएको छ । ९ वडा रहेको नगरपाकिलामा हाल सम्म चार वडाको मत परिणम सार्वजनिक भएको छ । जसमध्ये ९, ६ नम्बर वडामा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा र ८ मा माओवादी केन्द्रले जितेको छ ।

जिल्लाको निसीखोला गाउँपालिकाको सात वडा मध्ये चार वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जस्मा १ र ४ नम्बर वडा कांग्रेस, २ नम्बर वडा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ ।

यस्तै जिल्लाको बडिगाड गाउँपालिकामा हाल सम्म २ वडाको मात्रै मत परिणाम सार्वजनिक भएको छ । १० वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चा र १० मा माओवादी केन्द्रले जित हासिल गरेको छ । काठेखोला गाउँपालिकाको ३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । ८ वटा वडा रहेको गाउँपालिकामा १ नम्बर वडामा नेपाली कांग्रेस, २ र ३ नम्बर वडामा एमाले विजयी भएको छ ।

१४ वटा वडा रहेको बागलुङ नगरपालिकामा हाल सम्म ४ वटा वडाको मात्रै मत परिणाम सार्वजनिक भएको छ । १, १४ र १३ मा नेपाली कांग्रेस, २ नम्बरमा समाजवादी विजयी भएको छ । यस्तै १० वटा वडा रहेको जैमिनी नगरपालिकामा हाल सम्म तीन वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये वडा नम्बर ९ मा एमाले, १० मा राजमो र ८ मा नेपाली कांग्रेस विजयी भएको छ ।

यस्तै ५ वटा वडा रहेको बरेङ गाउँपाकिलामा हाल सम्म तीन वडा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५ नम्बर वडामा कांग्रेस र १ र २ नम्बर वडामा राजमोले जितेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *