बागलुङ नगरपालिकामा–५ मा एमालेको प्यानल विजयी


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–५ बाट नेकपा एमालेले विजयी शुरुवात गरेको छ । हाल सम्म वडा सदस्यमात्रै विजयी भएकोमा बानपा–५ बाट नेकपा एमालेबाट वडा अध्यक्षको खाता खोलेको छ ।

बानपा–५ मालिकामा नेकपा एमालेका हरिप्रसाद शर्माले ७३८ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको छ । यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलप्रसाद सापकोटाले ६४१ मत प्राप्त गर्नुभएको छ । यस्तै महिला सदस्यमा जुना कुमारी न्यूरेले ७३४, दलित महिला सदस्य विष्णुमती सार्कीले ७४६ र खुल्ला सदस्यमा चक्रपाणी शर्माले ६८६ र बलाराम सापकोटाले ७५८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *