जैमिनी नगरपालिकामा गठबन्धनको जित

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

पुनले ८ हजार ७ सय ५५.मत प्राप्त गरेका छन भने रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली काँग्रसका हरिहर शर्मा निर्वाचित भएका छन् । उनी ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन् ।

शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकि उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।

नगरपालिकामा नेपाली काँग्रेसले वडा न. १ कुश्मीसेरा, २ दमेक, ५ बिनामारे, ७ जैदी र ८ छिस्ती गरि पाँच वटा वडा अध्यक्ष जित हाँसिल गरेको छ भने माओवादी केन्द्रले वडा न. ३ दमेक र वडा न. ६ अर्जेवा जित हाँसिल गरेको छ ।

राष्ट्रिय जनमोर्चाले वडा न. १० राङखानी र नेकपा एमालेले वडा वडा न.९मा जित हाँसिल गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *