पर्वतमा जीप र बस ठोक्किदा बागलुङका थापाको मृत्यु

आदर्श अनलाइन, पर्वत

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

दुर्घटनामा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ७ रेशका ३१ बर्षिय लालबहादुर थापाको पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ । जिप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा पुगेको थियो । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरुले उद्धार गरेका थिए । 

घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी गरिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको प्रहरीले जनाएको छ । उपचार चलिरहेको अवस्थामा सबै घाइतेहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *