कालिका मन्दिर चिनाउन संग्रहालय

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यको रुपमा चिनिदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि संग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुई तले संग्रहालय भवन निर्माण थालिएको छ ।

कालिका मन्दिरसंग जोडिएको पुरातात्कि बस्तु, कालिका मन्दिरको इतिहास लगायतका जानकारी संग्रहालयमा राखिने छ । संग्रहालय निर्माण पश्चात कालिका मन्दिर चिनाउन थप सहज हुँने जस्कार ण कालिकाको महिमा झनै बढेर जाने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“संघीय सरकारको योजनामा संग्रहालय बन्नका लागि शनिबार शिलान्यस गरेका छौं, कालिका मन्दिरको पहिचान, मन्दिरको थप रोचक पक्षलाई उजागर गर्न संग्रहालय अवलोकन गर्न सकिन्छ” अध्यक्ष खड्काले भन्नुभयो “मन्दिरको मेला र निर्वाचनका कारण निर्माण गर्न केही ढिलाई भएको हो, जतिसक्दो छिटो संग्रहालय तयार बन्ने छ ।” शनिबार बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले संग्रहालयको शिलान्यास गर्नुभएको छ ।

दुई तलाको पक्की भवन निर्माण पशचात यसलाई संग्रहालयको रुपमा अगाडी बढाइने छ । संग्हालय भवन निर्माण गर्न संघीय सरकार अन्र्तगत सघन तथा भवन डिभिजन कार्यालय बागलुङले रु. ९० लाख विनियोजन गरेकोमा रु. ६१ लाखमा ठेक्का सम्झौता भएको छ । ठेक्का मिति यही असार सम्म रहेको छ । माछापुच्छ्रे निर्माण सेवाले उक्त भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *