हरिचौर, मल्म हुँदै दर्लिङ जोड्ने रणनीतिक सडक कालोपत्रे हुँदै

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

बागलुङ क्षेत्र नम्बर दुई अन्र्तगत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुने भएको छ । डिपिआर लगतै उक्त सडक कालोपत्रेका लागि ठेक्कामा गएको छ । गलकोट नगरपालिकाकोे हरिचौर देखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ हुँदै निसीखोला प्यूठान जोड्ने सडक कालोपत्रेका लागि प्रकृयामा गएको हो ।

साढे दुई वर्ष भित्र आवश्यक साना–ठूला पूर्वाधार निर्माण सहित सडक कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालयले ठेक्का आव्हान गरेको छ । उक्त सडक संगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि ठेक्का निकालेको जनाएको छ ।

हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ हुँदै निसीखोला प्यूठान जोड्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सुचना अधिकारी तथा इन्जिनियर कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो । उक्त सडकलाई झण्डै रु.४० करोड बन्दा बढी लागत अनुमानका आधारमा डिपिआर तयार गरिएको थियो ।

“डिपीआर, बातावरणीय प्रभाव मुल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधार सहित कालोपत्रे गर्न ठेक्का आव्हान गरेका छौ अहिले प्रकृयामा छ” खड्काले भन्नुभयो “यस निर्वाचन क्षेत्रको प्रत्येक्ष निर्वाचित सांसदहरुले रोजेर सिफारिस गरेको सडक हो, ठेक्का सम्झौता गरेको साढे दुई वर्षमा कालोपत्रे भइसक्नेछ, उक्त सडक लामो भएपनि अहिले सडकको शुरुबाट १० किलोमिटर सडक कालोपत्रे गरिने छ ।” उक्त सडक झण्डै ४० किलोमिटरभन्दा बढी लामो भएपनि शुरुको विन्दुबाट काम हुँदै जाने सडक डिभिजन कार्यालयल बागलुङले जनाएको छ ।

लामो समय बजेट अभावले कालोपत्रेका लागि ठेक्कामा जान नसकेको सडक यस क्षेत्रका ससंसद तथा शिक्षा, वित्रान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको पहल र प्रयासका बाबजुत हाल आएर कालोपत्रेको चरणमा प्रवेश गरेको हो ।

यो ठेक्का अन्र्तगत पहिलो चरणमा गलकोटको हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानी सम्मको १० किलोमिटर सडक कालोपत्रे हुँनेछ । कालोपत्रे हुदाँ यहाँका जनताले विकासको महशुस गर्ने गलकोट नगरपालिका–७ मल्मका वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयोे । उहाँले संघीय सांसद तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको सिफरिसमा उक्त सडक दुई नम्बर निर्वाचन क्षेत्र अन्र्तगत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकको रुपमा कायम भएर अहिले कालोपत्रेका लागि प्रकृयामा गएकाले उक्त सडकले छोएका स्थानीयहरुलाई सहज हुँने बताउनुभयो ।

उक्त सडकको १० किलोमिटरमा नाली, पर्खाल, कल्र्भट लगायतका पूर्वाधार निर्माण पश्चात सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *