पलम र ऐसेलु खादा पाँच बालवालिका विरामी

आदर्श अनलाइन, बागलुङ

पलम र ऐसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालवालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र ऐसेलु खाएका पाँच वालवालिका शनिबार राती विरामी परेपछि धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ ।

ऐसेलु र पलम खाएका बालबालिकाहरुमा झाडा पखला, वान्ता लगायतका समस्या देखिएर गम्भिर बनेपछि चार जनाको अहिले धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

ऐसेलु र पलम खादा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, ३ वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

उनिहरुले खाएको पलम र ऐसेलुले फुड पोइजन बनाएका कार विरामी परेको र उनिहरुको अवस्था अहिले सामान्यउन्मुख भइरहेकोे धौलागिरी अस्पतालका बालरोग विशेषज्ञ डा. कृति कंडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *