ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर

आदर्श अनलाइन, बागलुङ
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको रानाको भनाई छ । घाइते सबैको मुखबाट रगत बगेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा स्थित मिसन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ । आइतबार दिउसो तीन बजे स्थानीय काली प्रसाद विक र पुणराम कामीको घरमा चट्याङ परेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *