मतदातालाई धन्यबाद दिँदै बागलुङ नगरका नवनिर्वाचित जनप्रतिनिधि

आदर्श अनलाइन, बागलुङ
स्थानिय तहको निर्वाचन सम्पन्न भै सकेको छ । यतिबेला गाउँ नगरपालिकाले नयाँ नेतृत्व पाएको छ । विजयी प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र अन्य जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसको छन । केही स्थानिय तह प्रमुखले पदबहाली गरिसकेका छन । पदबहाली गरे सँगै जिल्लाको बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले जसरी जनता सँग भोट माग्न गएका थिए त्यसैगरी धन्यबाद दिनका लागि गाउँ गाउँ पुगेका छन ।

शनिबारदेखि धन्यबाद कार्यक्रममको सुरुवात गरेका श्रेष्ठ र खड्काले आईतबार बागलुङ नगरपालिका वडा नं.–८ सिगाना र वडा नं. –९ तित्याङका आम मतदातालाई भेटर धन्यबाद दिएका छन ।

श्रेष्ठ र खड्का दुवैले मतदाता सँग आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन । उनिहरुले आफुहरुले गर्न सक्ने मात्र कामहरु प्रविद्धता पत्रमा ल्याएको र त्यो क्रमागत रुपमा संचालन गर्ने बताएका छन । मतदाताले विजयी प्रमुख उपप्रमुख सँग खुसीयाली साटेदै गाउँको विकास हुनेमा ढुक्क रहेको बताएका छन ।

सिगाना र तित्याङमा भएको धन्यबाद कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जनताको मतको उच्च कदर गर्दै अबको ५ वर्ष जनताकै सेवामा खट्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले बागलुङ नगरलाई समृद्ध र स्वच्छ नगरपालिका निर्माणका निम्ती सवैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

‘हामी तपाईहरुको सल्लाह सुझाव अनुसार नगरका निति तथा कार्यक्रम तयार गर्नेछौं श्रेष्ठले भने,–‘हामीलाई हजुहरुको निरन्तर सहयोगको खाँचो छ । वडा तहका आवश्यकतालाई पहिचाहन गरेर समग्र नगरका योजनाहरु बन्ने छन । त्यसका लागि उचित सल्लाह सुझाव दिनुहोला । उनले आफुले यो आफ्नो त्यो अर्कोको भन्ने व्यवहार कसैलाई पनि नगर्ने समेत अठोट गरेका छन । श्रेष्ठले सिगानाको माथिल्लो भेगमा खानेपानीको समस्या रहेका कारण यसको समाधानको उपाय स्थानियले खोजेमा नगरपालिको सोही अनुसारको योजना निर्माण गर्ने बताए । उनले तित्याङ सिगाना भुकण्डे रायडाँडा ग्रामिण भेगका सडकलाई दिगो बनाउनका निम्ती सोही अनुसारका कार्यक्रम अगाडी बढाउने बताए ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले आफुहरु हिजो भोट माग्न आएको बेलामा गरेका बाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले हरेक ठाँउका आवश्यकताका आधारमा नगरले योजना निर्माण गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका नगरसभापति उमाकान्त शर्मा बाबुले जसरी भोट माग्न आउँदा एउटा अठोट लिएका आएका थियौ त्यसैगरी धन्यबाद दिन आएको र यो धन्यबाद सँगै तपाई सवैको जनप्रतिनिधिले निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

सिगानामा वडा अध्यक्ष छमबहादुर कार्की र तित्याङका वडा अध्यक्ष राजु थापाले आफुहरु सधै जनताको सेवामा अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा क्षेत्रीय प्रतिनिधि सुशिला पन्तले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन ।

सिगानाको कार्यक्रम वडा अध्यक्ष छमबहादुर कार्कीको अध्यक्षता नेकपा माओबादीका अध्यक्ष टोपबहादुर खड्का स्वागत र काँग्रेसका वडा सचिव रामचन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै तित्याङमा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका सयोजक मानबहादुर थापाको अध्यक्षता काँग्रेसका बद्री प्रसाद शर्माका स्वागत र मानबहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *