बडिगाडका नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकता स्वास्थ्य

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पालिका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेका छन् । सपथ ग्रहणपछि उनीहरुले स्वास्थ्य बीमा गर्न छुटेका सबै नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य प्रति आफूहरु जिम्मेवार रहेको भन्दै निःशुल्क स्वास्थ्य बीमालाई जोड दिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

‘हामीले आम नागरिकको स्वास्थ्यलाई गम्भीरता पूर्वक लिएका छौँ, होकी पनि नागरिक सहज रुपमा स्वास्थ्य सेवा लिनबाट वञ्चित नहौन्, आर्थिक अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस्,’ अध्यक्ष थापाले भन्नुभयो ‘हामीले सुरुमै पालिका भरका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएका छौँ, विस्तारै स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, औषधी व्यवस्थापन लगायतका काम पनि गर्ने छौँ ।’

स्वास्थ्य उपचारमा धेरै नागरिकले ठूलो रकम खर्च गर्नु परेको भन्दै निशुल्क स्वास्थ्य बीमाबाट उनीहरुको खर्च जोगाउन सक्ने अधिकारीले बताउनुभयो । ‘अहिले पनि बडिगाडमा धेरै नागरिकहरुले स्वास्थ्य बीमा गर्नबाट टाढा रहेका छन्, उनीहरुलाई हामीले यस विषयमा बुझाउनु पर्ने छ,’ अध्यक्ष अधिकारीले भन्नुभयो ‘आम नागरिकले निशुल्क स्वास्थ्य बीमा गरे भने उपचारमा लाग्ने खर्च कम हुने छ, योसँगै हामीले समय–समयमा बालबालिका, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विशिर मार्फत उपचार गर्ने योजना पनि बनाएका छौँ ।’

उहाँले स्वास्थ्यसँगै शिक्षालाई पनि सँगसँगै अगाडी बढाउने निर्णय गरेको बताउनुभयो । शिक्षाको जग बालविकास केन्द्र भएको भन्दै उहाँले बालविकास कैन्द्र व्यवस्थापनलाई पनि प्राथमिता दिएको बताउनुभयो । सोही अनुसार गाउँपालिका भित्रका प्रारम्भिक सिकाई केन्द्र बालविकासहरुको व्यवस्थापन गरिने उहाँको भनाई छ ।

‘बालबालिकालाई सहज रुपमा पठनपाठनको व्यवस्थाका लागि हामीले विद्यालय टाढा भएका स्थानमा बालविकास केन्द्रको स्थापना गर्ने र नानीबाबुहरुलाई पढाई प्रति आकर्षित गर्नका लागि पनि बालविकास केन्द्र स्थापना जरुरी छ,’ उहाँले भन्नुभयो ‘बालबालिकालाई पाइक पर्ने स्थानमा बालविकास गर्ने स्थापना गर्ने निर्णय गरेका छौँ ।’

पदभार ग्रहण गर्दै अध्यक्ष र उपाध्यक्षले पालिकाको केन्द्र र दशवटै वडाहरुमा मेलमिलाप केन्द्रको स्थापना गर्ने निर्णय गरेका छन् । स्थानीय विवादहरुको दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिने गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले बताउनुभयो ।

न्यायिक समिति संयोजक समेत रहनु भएका वनले समाजमा झैझगडाको अन्य गरि आपसी सद्भावको विकासका लागि मेलमिलाप केन्द्रको स्थापन गर्ने बताउनु भयो । उहाँले समाजका नागरिकहरुमा आपसी सद्भाव नभएसम्म समाजिक विकास गर्न नसकिने बताउनुभयो ।

उपाध्यक्ष वनले मेलमिलाप सम्बन्धी कार्य सञ्चालन तथा व्यवस्थापनमा एक रुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिने भन्दै उपाध्यक्ष वनले समुदायमा हुने विवादलाई न्यायिक समितिबाट वडामा सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो ।

स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पु¥याउन महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, पिछडिएका वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न मेलमिलाप केन्द्रले सहयोग उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *