बागलुङमा १० प्रतिशत मत बदर

आदर्श अनलाइन, बागलुङ

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो ।

कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये एक लाख २१ हजार ८६९ अथवा ६३.६० प्रतिशत मत खसेकामा ८९.३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कुल खसेकामध्ये पूर्णरुपमा ०.८० प्रतिशत अथवा एक हजार ९ र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार मतदाता संख्या एक लाख ९३ हजार भएपनि एक मतदाताले सात पटक मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताउनुभयो ।

“एक जना मतदाताले सात पटक सम्म छाप लगाउनुपर्छ त्यसका लागि एक मतदातालाई सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जस मध्ये एक हजार ९ मत पत्र पूर्ण रुपमै बदर भएको पाइयो” शर्माले भन्नुभयो “तर सात पद मध्ये केही पदमा मात्रै मत बदर भएको संख्या १३ हजार बढी छ, जस मध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको छ ।”

निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबै भन्दा बढी मत गठबन्धका कारण बदर भएको मत गणनाका क्रममा पाइएको बताउनुभयो । उहाँले एउटै मत पत्रको तलमाथी चिन्हमा मत लगाउदा बढी बदर भएको पाइएको बताउदै लस्कारै चिन्ह लाउने कतदाताको मत कम मात्रमा बदर भएको बताउनुभयो । उहाँले पूर्ण रुपमा मत बदर भएकोमा मत पत्र भन्दा बाहिरा मतदान गरेको लगायतका समस्या देखिएको छ ।

मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक–फरक पार्टीका उम्मेदवारलाई मत दिदा बढी मत बदर भएको देखिएको छ । मतदाताहरु मतदानकै दिन मत हाल्ने विषयमा अन्योल देखिएका थिए । १० स्थानीय तह र ८५ वडा रहेको बागलुङमा निर्वाचित हुने ४४५ पदका लागि एक हजार १ सय ९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

बागलुङ जिल्लामा निर्वाचन पश्चात नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले १ पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख, एक विद्रोही समेत जोड्दा ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा एसले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन् ।

बागलुङका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ ग्रहणपछि कार्यभार समालीसकेका छन् । उनिहरुले पहिला बैठक बसेर केही लोकप्रिय निर्णयहरु समेत गरिसकेका छन् । अहिले निर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन गाउँ छिरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *