पाँच वर्ष भित्रमा समृद्ध नगरको पहिचान दिइनेछ : नगर प्रमुख श्रेष्ठ

रोहन जि सी, बागलुङ
मानव सेवा आश्रम बागलुङ शाखाले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच बागलुङ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा बोल्दै बागलुङ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जनताको चाहना अनुसार विकासको बाटोमा नगरलाई तीव गतिमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख श्रेष्ठले मानव सेवा आश्रम जस्ता धेरै सामाजिक संस्थाहरु जनताको सेवामा समर्पित हुने हुनाले यस्ता संस्थाहरुलाई नगरपालिकाले विशेष जोड दिने बताउनुभयो । श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रमा बागलुङलाई बालमैत्री नगर बनाउने बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख, नगर उपप्रमुख र १४ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षहरुले गमलामा वृक्षारोपण गर्दै जनता र समाजको कार्यमा इमान्दारिता, सिर्जनशिलता, निरन्तरताका साथ सरिक हुने, काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्का, समाजसेवी देव बहादुर श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम मानव सेवा आश्रम बागलुङ शाखाका अध्यक्ष शिव खड्काको अध्यक्षता, आश्रमका अभिभावक निर्मल श्रेष्ठ र सरिता गौतमको संचालन र अभिभावक शिव के.सीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *