यातयात क्षेत्रमा समस्यै समस्या

आदर्श अनलाइन, बागलुङ

बागलुङका यातयात व्यवसायी विष्णु अधिकारीले काठमाण्डौ गएको समयमा लाइसेन्स उतै प्रहरीले राख्छ तर सवारी र चालक बागलुङ फार्किन्छ, लाइसेन्स ल्याउन पुन काठमाण्डौ जानु पर्ने समस्या त्यो पनी कतिदिनमा लाइसेन्स भेटिन्छ टुङ्गो नभएको गुनासो गर्नुभयो ।

“लाइसेन्स लिन काठमाडौँ जादा प्रहरी ट्राफिक प्रहरी परिवर्तन भइसक्छ उस्तै परे लाइसेन्स हराउछ, कम्तिमा हामीले राजश्व जम्मा गरेपछि बागलुङ पठाउने व्यवस्था ट्राफिक प्रहरीले गर्नुपर्दछ” अधिकारीले भन्नुभयो “आफ्नो सवारी बागलुङबाट म्याग्दी जादा अस्थायी रुट परमिट ल्याउनुपर्छ त्यस पछि पुन बागलुङ हुँदै कुस्मिशेरा जानु पर्ला एक दिनमा कति पटक रुट परमिट लिने, कति पटक शुल्क बुझाउने, साविक धौलागिरीका जिल्लामा एउटै रुट परमिट लागु गर्दा राम्रो हुन्थ्यो ।”

यस्तै बागलुङका अर्का यातयात व्यवसाय उमेश केसीले सवारी साधन नगरपालिका र यातयात व्यवस्था कार्यालयले किनेर चलाउन चुनौती नै दिनुभयो । “यातयात व्यवसायीको समस्या कस्ले बुझ्ने, कोरोनाले सबै ऋणमा डुबेका छन्, तेलको भाउले भाडाले सवारी थाम्नै गाह्रो भएको छ, चार वर्ष बागलुङ–पोखरा सडक निर्माणधीन हुँदा कच्ची जस्तै थियो त्यतिबेला भाडा बढाउने कसैले चासो दिएनन्” केसीले भन्नुभयो “अहिले बाटो सुधार भयो भाडा बढी भयो भनेर हैरान पारेका छन्, त्यतिबेला कच्ची बाटोमा हाम्रा सवारीसाधन कसरी गुडको थिए कसैको ध्यान गएको थियो, मत भन्छु नियमन गर्ने निकायले एक÷दुई वटा सवारी कीनेर गुडाओस न अनि बल्ल हाम्रो समस्या थाहा हुन्छ ।”

उहाँले पुरानो कानूनका कारण यातयात व्यवस्थापन क्षेत्रमा समस्या नै समस्या भएको भन्दै विस्तारै यातयात व्यवसायीहरु धरासायी बन्दै गएको बताउनुभयो । यातयात व्यवसायीको मात्रै हैन ट्राफिक प्रहरीहरुको समेत समस्या उस्तै छ । सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न थालेको बर्षौ भयो संगै एम्बोष्ट नम्बर पिलेट समेत । तर अहिले सम्म उक्त लाईसेन्स र नम्बर पिलेट रिड गर्ने औजार ट्राफिक संग छैन ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राज कुमार केसीले सवारी चेकिङको क्रममा अधिकांशले बिल्यु बुक यातयात कार्यालयमा रहेको भन्नुहुन्छ तर हामीले तत्कालै त्यहाँ छ वा छैन भनेर हेर्ने संयन्त्र छैन त्यसैले सवारी साधन चेकिङ गर्दा समेत समस्या देखिन्छ । “लाइसेन्स तथा बिल्यु बुक नभएकाले यातयात कार्यालयमा नविकरणका लागि दिएका छौं भन्नुहुन्छ” केसीले भन्नुभयो “ट्राफिक प्रहरीले तत्कालै बुझ्ने कुनै संयन्त्र छैन, हामीले चिट काट्नुको विकल्प हुँदैन, चालकहरुले यातयात व्यवस्था कार्यालयले ढिलाई गर्दा आफुनो बिल्यु बुक नआएको गुनासो गर्नुहुन्छ, यातयात कार्यालयले छिटो लाइसेन्स र बिल्यु बुक नविकरण गरिदिनु प¥यो, हैन भने यातयातले लाइसेन्स तथा बिल्यु बुक नविकरका लागि राख्दा जानकारी पत्र जस्तो दिनु प¥यो ।”

यातयात व्यवसायीको यस्तै गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले साविक धौलागिरीका पर्वत, म्याग्दी र बागलुङका यातयात व्यवसायी, ट्राफिक प्रहरी, पत्रकारहरु र सरोकारवाला निकाय बीच यातयात व्यवस्था कार्यालय कास्की सवारी कार्यालयको आयोजना बागलुङमा गरिएको अन्तरक्रिर्यामा यातयात सेवा व्यवस्थापन, समस्या, चुनौती र समस्या समाधान विषयक बागलुङमा शनिरबार आयोजित अन्तरक्रिर्या कार्यक्रममा व्यक्त भएका प्रतिनिधि समस्या मात्रै हुन् यिनिहरु ।

यातयात क्षेत्रमा लाइसेन्स लिनेहरुको समेत समस्या उस्तै छ । लाइसेन्स लिनकै लागि बर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहभागीहरुले यातयात कार्यालयलाई आग्रह गरेका थिए ।

यातयात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लिराम रिजालले यातयात व्यवस्था कार्यालय अब पूरै डिजिटल हुँने भन्दै नागरिकलाई छिटो र छरितो सेवा दिन सहयोग पुग्ने र विचौलिया बिहिन कार्यालय बनाइने बताउनुभयो ।

उहाँले यातयात व्यवसायी लगायतको गुनासोका आधारमा आगमी दिनमा यातयात व्यवसाथ कार्यालयले सवारी साधनको अनुगमन, दर्ता, लाइसेन्स लगायतका काममा सुधार गर्दै जाने बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङमा ट्राफिक व्यवस्थापानका लागि जग्गा व्यवस्थापन गरेर पार्कीङको व्यवस्था गरेर ट्राफिक जाम कम गर्ने बताउनुभयो । यस्तै बेनी नगरपाकिलाका नगर प्रमुख सुरत केसीले यातयात सम्बन्धी सानो कामका लागि समेत बागलुङ धाउनुपर्ने कार्यको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा यातयात व्यवस्था कार्यालय कास्की सवारी कार्यालयका प्रमुख डिल्लिराम रिजाल तथा यातयात व्यवस्था कार्यालय कास्की लाइसेन्सका प्रमुख प्रेम सुवेदीले अन्तरक्रिर्या कार्यक्रमलाई सहजीकरण गर्दै यातयात र लाइसेन्स क्षेत्रमा भएको काम, समस्या चुनौती र समाधानका विषयमा अवधारण पत्र प्रस्तुत गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *