पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

आदर्श अनलाइन, काठमाडौँ
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ।

विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’

मौसम खराब भए पनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो।

तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो। ताराले विशेष गरी सानो जहाजबाट देशका पहाडी क्षेत्रमा उडान भर्दै आएको छ।

नेपालखबरबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *