बजेटमा बागलुङ : बलेवा विमानस्थल स्तरोन्नतीसँगै सञ्चालनमा ल्याइने

आदर्श अनलाइन, बागलुङ

बागलुङको बलेवा बिमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नती गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतीका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ ।

सरकारका अर्थमन्त्री जनार्दश शर्माले आज संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नती गरी सञ्चालनमा ल्याइने बताउनुभएको छ । सरकारले ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उदेश्यले बन्द अवस्थामा रहेको विमानस्थललाई स्तरोन्नती गरी सञ्चालनमा ल्याइने सरकारले घोषणा गर अनुसार बलेवा विमानस्थल स्तरोननती संगै सञ्चालनमा ल्याइने जनाएको छ ।

अहिले विमानस्थलको धावनमार्ग भर्खरै कालोपत्रे सम्पन्न भएको छ । विमानस्थलमा टर्मिनल टावर लगायतका थुप्रै पूर्वाधार निर्माणको आवश्यकता देखिएपछि सरकारले प्राथमिकताका साथ स्तरोन्नती गरेर विमानस्थल सञ्चालन गर्ने अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

सरकारले बलेवा विमानस्थलको स्तरोन्नती संगै सञ्चालनमा ल्याउने भनेपछि लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ ।

कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । कालोपत्र सम्पन्न भएको विमानस्थलको अन्य पूर्वाधार निर्माणमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सरकारले बजेट तथा कार्यक्रम मार्फत घोषणा गरेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएको छ । सरकारले प्राथमिकतामा राखेको विमानस्थलमा पूर्वाधार निर्माण संगै जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्ने छ ।

विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि सरकारले तयारी थालेको हो । विमानस्थल सञ्चालनका लागि २०७४ चैत्र ९ गते देखि यती र नेपाल वायुसेवा निगमसँग सम्झौता गरेर यात्रु सुनिश्चितता नहुँदा बागलुङ नगरपालिकाले खर्च व्यहोर्ने गरी उडान भरिएको थियो । तर यसलाई निरन्तरता दिन सकिएको थिएन ।

सरकारले बागलुङको वलेवा विमानस्थल संगै डडेलधुरा, गैरीगाउँ, टिकापुर, दाङ लगायतका स्थानको विमानस्थलको स्तरोन्नती गरिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *