ढोरपाटन नगरपालिका कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

आदर्श अनलाइन, बुर्तिबाङ
ढोरपाटन नगरपालिकामा बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसमा दलित वा अल्पसंख्यकबाट खुल्ला पदमा गठबन्धनको तर्फदेखि नेपाली काँग्रेसका नविन शेरचन, राजमोबाट कुल बहादुर छन्त्याल र माओवादी केन्द्रबाट दिलिप विश्वकर्मा विजयी भएका छन् ।

शेरचनको २६, छन्त्यालको २५ र विश्वकर्मा २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका ज्ञान बहादुर विकले २०, सुरज विश्वकर्माले १९ र धनिमला विकले १९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेद्वारी दिएका केशर छन्त्याल र दोर्ण छन्त्यालले १ मत पनि ल्याउएनन् ।

महिला सदस्य तर्फबाट ५ जनानै गठवन्धनका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत लालसिंह थापाले बताए । नेपाली काँग्रेसको रुख चिन्हबाट तुलसरी विक, निम कुमारी भण्डारी, राजमोको गिलास चिन्हबाट विमला महत र खगिसरा कायत, माओवादी केन्द्रको हसिया हठौँडा चिन्हबाट इन्द्रकुमारी सिर्पाली विजयी भएका छन् ।

ढोरपाटन नगरपालिकामा नेकपा एमाले र विद्रोही जनमोर्चाको २० र गठबन्धनको ३० सदस्य रहने छन् । कार्यपालिकामा गठबन्धनको बहुमत पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *