ढोरपाटनका फरार प्रतिवादी पक्राउ

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ढोरपाटन नगरपालिका–४ खुङ्गाका ३२ वर्षीय बिरेन्द्र सिर्पाली र ३० वर्षीय खगेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

सिर्पालीलाई जिल्ला अदातल बागलुङले गौवध कसुरमा ३ महिना २० दिन कैद र सुनारलाई हातहतियार तथा खरखजना कसुरमा ५९ हजार ५ सय ५० रुपैयाँ जरिवाना तोकिएको थियो ।

सिर्पाली २०७८/१२/०६ गतेदेखि फरार भएका थिए भने, सुनार २०७४/०५/०३ गतेदेखि फरार भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *