बागलुङमा कर छली गरि ल्याएका मोबाइलसहित दुई जना पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङमा राजस्व छली गरि ल्याएका विद्युती सामग्रीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलिले ५३ वटा मोबाइल, दजनौँ इयरफोन, चार्जर लगायत विद्युतीय सामग्रीसहित दुई जनलाई पक्राउ गरेको हो ।

बजारको हल्लनचोक स्थित सार्वजनिक सडकमा गैर कानुनी रुपमा विक्री वितरण रहेको अवस्थामा प्रहरीले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्ब १३ का ३८ वर्षीय जिवलाल गैह्रे र सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षीय चुनचुन मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट बिल भरपाई नभएका मोबाइल, चार्जर लगायतका विभिन्न विद्युतीय सामग्रीहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि बरामद सामाग्रीहरूसहित राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको रानाले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *