बजेट तथा कार्यक्रम निर्माणमा जुटे बगालुङका स्थानीय तह

आदर्श अनलाइन, बागलुङ

चालु आर्थिक वर्षका लागि बागलुङ नगरपालिकाले रु. १० करोड बढाएर रु. १ अर्ब ५ करोड ६८ लाख ३० हजार बजेट ल्याएको थियो । नगरपालिकाको आन्तरिक आम्दानी समेत वार्षिक एक करोडका दरले वृद्धि भइरहको छ । यस पटक संघीय सरकारले समेत रु. १० करोड बजेट बढाएर पठएका कारण बागलुङ नगरपालिकाको बजेट झण्डै एक अर्ब १५ करोड सम्म पुग्ने देखिन्छ । बजेट बढेर आउने भएपछि केही योजना हरु समेत थपिएर आउनेछन् । अहिले बागलुङ नगरपालिकाले वडा कार्यालयको समन्वयमा टोल–टोलमै गएर बजेट तथा कार्यक्रमका विषयमा छलफल चलाउदै योजना संकलन कार्यक्रम चलाएको छ ।

स्थानीय जनताको माग अुनसार बजेट तथा कार्यक्रम ल्याउनका लागि अहिले बागलुङ नगरपालिकाले बजेट बढाएर ल्याउने योजनामा छ । बागलुङ नगरपालिका मात्रै हैन संघीय सरकारको बजेट आइसकेपछि बागलुङका १० स्थानीय तहहरु बजेट तथा योजना निर्माणमा जुटेका छन् ।

पालिकाहरुले टोल भेला गरेर आगमी योजना मागिरहेका छन् भने प्रदेश र केन्द्रमा आफ्नो बजेटले नभ्याउने योजनाहरु निर्णयनै गरे पठाएका छन् । यस पटक बागलुङका पालिकाको बजेट संघको मात्रै रु.४७ करोड बढेर आएको छ भने प्रदेशको समेत बढ्ने देखिन्छ । स्थानीय तहले अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट केही मात्र बढाएर ल्याउने तयारी गरेको छ । यो पटकको बजेट ठूला योजनामा केन्द्रित हुँने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

“यस पटकको बजेट अली ठूला योजना र पूर्वाधारमै बढी केन्द्रित हुन्छ, कनिका छर्ने बजेट ल्याइने छैन,” श्रेष्ठले भन्नुभयो “अहिले वडा तहमै योजनाको विषयमा छलफल तथा योजना संकलन भइरहेको छ, वडा अध्यक्ष हरुलाई मैले ठूला देखिने योजना ल्याउनु भनको छु, साना योजना भैपरी आउनेबाट खर्च गर्ने नगरको योजना छ, वडा अध्यक्षले ल्याएको योजना तथा नगरपालिकाले समृद्ध नगरका लागि आवश्यक पूर्वाधारहरुका लागि बजेटले प्राथमिकता पाउछ ।”

दुर्गम गाउँलाई सुगम उन्मुख बनाउने योजनाका साथ तमानखोला गाउँपालिका बजेट निर्माणमा जुटेको छ । आगमी दिनमा अधुरा कामलाई पुरा गरेर विकट गाउँमा डाक्टर सहितको स्वास्थ्य सेवा, शिक्षामा गुणस्तर र स्वास्थ्यमा सुधार लगायतका योजनालाई प्राथमकिताम राखेर बजेट ल्याउने बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

“मैले दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षको रुपमा काम गर्दै गर्दा मैले शुरुमा ल्याएका योजना पुरा गर्ने र नयाँ केही योजना पुरा गरेर किम्तमा बिकासको आधार खडा गर्ने योजनामा छु, त्यही अनुसार अहिले वडा तहमै बजेट तथा कार्यक्रमका लागि छलफल भइरहेको छ” बुढाले भन्नुभयो “अहिले छलफलकै चरणमा छौं, स्थानीयहरुको आवश्यकता र प्राथमिकताको आधारमा बजेट आउछ ।”
तमानखोला गाउँपालिकालाई आगमी आर्थिक वर्षमा रु. १७ करोड ९१ लाख बजेट बिनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा तमानखोला गाउँपालिकाको बजेट बढेर आएको छ । तमानखोला गाउँपालिकाको बजेट रु. तीन करोड ९९ लाख बढेर आउने भएको छ । अहिले टोल–टोलमा जाने उहाँ हरुको आवश्यकतालाई सुन्ने र संकलन गर्ने काम भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

उहाँले आफू जिल्लाकै एक मात्रै महिला पालिका प्रमुख भएका कारण महिला मैत्री बजेट ल्याउन जोड दिने बताउनुभयो । “महिलाहरुलाई हेलिकप्टरबाट धेरै उद्दार गर्ने पालिकामा पर्छ बडिगाड” थापाले भन्नुभयो “महिला शसक्तकिरणमा जोड दिन्छु, बालमृत्युदर घटाउने र गर्भवती महिलालाई सहयोग पुग्नेगरी नीति तथा कार्यक्रम बनाएर अघि बढ्छु, मुख्य कुरा चेतना वृद्धिमा बजेट ल्याउछु ।”

अधिकारीले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्न सके सामाजिक कामको धेरै पाटोमा सुधार आउने अपेक्षा गर्नुभयो । उहाँले महिला पालिका प्रमुख हुँदा महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गर्ने गरी योजना निर्माणमा लागेको बताउनुभयो । बागलुङको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र काठेखोला गाउँपालिका बजेट निर्माणमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *