बागलुङमा पेट्रोलियम पदार्थको अभाव

आदर्श अनलाइन, बागलुङ
नेपाल आयल निगमले तेलको मुल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । नेपाल आयल निगमले जेठ १९ गते देखि लागु हुँने गरी पेट्रोलमा रु. १० मुल्य घटाउदै प्रतिलिटर रु. १७० मुल्य निर्धारण गरेको थियो भने डिजेल र मट्टितेलको मुल्य १५३ कायम गरेपछि बागलुङका प्रेटोल पम्पमा डिजेल पेट्रोलको अभाव भएको हो ।

सरकारले मुल्य घटाएपनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमि नआएको बताएपनि बागलुङमा भने तेलका चरम अभाव हुँन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । उक्त दुबै पेट्रोलपम्म प्राय जसो बन्द अवस्थामा देखिन्छन् ।

बागलुङमा पेट्रोलिमय पदार्थको अभाव हुँन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । उनिहरुले मनोमानी ढंगले पेट्रोलीयम पदार्थ बितरण गर्ने बताउदै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताउछन् ।

बागलुङमा आइतबार दिउँसो देखि बन्द भएका पेट्रोल पम्प सोमबार दिउँसो सम्म बन्दै अवस्थामा छन् । बागलुङमा डिजेल पेट्रोलको अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सावरीसाधनहरु छिमेकी जिल्ला पर्वत पुग्ने गरेको पाइएको छ । जिल्लामा मुल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मुल्य घटाएपछि अभाव सृजना हुनुले यो अस्वभाविक भएको उपभोक्ताको गुनासो छ ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले पेट्रोलिम पदार्थको अभाव हुँन थाले आफूहरुले अनुगमन गर्ने बताउनुभएको छ । “मुल्य घटेपछि पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुन नपर्ने, उतैबाट नआएर हो की, व्यवसायीको चलाखी हो” सहायक प्रजिअ पौडेलले भन्नुभयो “हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गछौं, डिजेल तथा पेट्रोल भएर समेत अभाव सृजना गरेको भए कार्वाही हुन्छ ।”

उहाँले पेट्रोलियम पदार्थ मात्रै नभएर अन्य उपभोग्य बस्तुको समेत कालोबजारी भए तुरुन्तै कार्वाही गर्ने बताउनुभयो । आइतबार समेत सार्वजनिक बिदा दिनथालेपछि तेलको आपूर्ती आधा मात्रै भएको बागलुङ स्थित न्यू ध्रब पेट्रोल पम्पका सञ्चालक धुब्र गौतमले बताउनुभयो ।

उहाँले आयल निगम लगातार शनिबार र आइतबार बन्द हुँदा पेट्रोलीयम पदार्थको ढुवानीमा समस्या भएको भन्दै मागको आधा मात्रै पेट्रोलियम पदार्थ आउँदा वितरण प्रणालीमा समस्या भएको बताउनुभयो । “हामीले माग गरे अनुसार पेट्रोल नआउदा समस्या भयो, अहिले आयल निगम दुई दिन बन्द हुन्छ, त्यसैले समस्या परेको हो मुल्य घटाएर बितरणमा समस्या आएको हैन” गौतमले भन्नुभयो “हामीले आएको पेट्रोलियम पदार्थ विक्रि वितरण गरेका छौ, आउदै नआएपछि पम्प बन्द गर्नुको बिकल्प छैन ।”

जिल्लामा पेट्रोलिमय पदार्थको सहज भएको समयमा खरिद गरेर राख्ने र अहिले अभाव हुँदा कालोबजारीमा विक्रि गर्ने बिचौलियाहरु समेत मौलाई रहेको भएपनि अनुगमन हुँन नसक्दा त्यस्ता विचौलियाले प्रसय पाइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *