जिल्ला समन्वय समिति बागलुङमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन

आदर्श अनलाइन, बागलुङ
जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अमर थापा चयन हुनुभएकाे छ । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्यहरु पनि गठबन्धनकै उम्मेदवारहरु सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार बिहीबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेका कारण प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा तीन दलको सहभागिता छ ।

सदस्यहरुमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उमेद्वारी दिएकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उमेद्वारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।

अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उमेद्वार बनेकी कौशीला विक निर्वाचित हुँदा खुल्ला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्क बहादुर पाण्डे, कांग्रेसबाट टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *