जनवादी गायक शर्मा पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
जनवादी गायक जीवन शर्मा बागलुङमा पुरस्किृत भएका छन् । कलाकार बाबुराम, सरस्वति बज्राचार्य स्मृति कोषबाट शुक्रबार शर्मा सम्मानित भएका हुन् । उनी कलाकार बाबुराम, सरस्वति बज्राचार्य स्मृति कोष २०७७ बाट पुरस्कृत भएका हुन् ।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष समेत रहेका शर्मालाई नगद २० हजार रुपैयाँ र दोसल्ला आढाएर उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले पुरस्कृत गरेका हुन् ।

शर्मालाई ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय, एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, समाताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै’ आएकोमा पुरस्कृत गरिएको बताइएको छ ।

शर्मासँगै संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ज्ञानोदय बुद्ध विहारलाई पनि २० हजार रुपैयाँले पुरस्कृत गरिएको छ । कोषबाट यसभन्दा पहिले कलाकारहरु लक्ष्मण शाक्य, विक्रम श्रेष्ठ, मूर्तिकार ओम खत्री, संगीतकार बीबी अनुरागीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कोषका सदस्य काजी गाउँले श्रेष्ठले जनवादी गायक जीवन शर्माको जीवनी बारेमा बताएका थिए । कार्यक्रम कोषधा अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *