‘पूँजीवादी आक्रमणमा जनताका गीत पिल्सिए’

आदर्श अनलाइन, बागलुङ
खनजोत गरेको त्यो पाटो मुस्कुरायो
म हिडेको गाउँको बाटो मुस्कुरायो
मेरो प्यारो जन्मभूमि, नेपाल मुस्कुरायो

एउटा नेपाली लामो समयदेखि प्रदेशमा विताएर घर फर्कदा आखै अगाडीको हिमाल, आफू हिडेको बाटो, आफैले खनजोत गरेको पाटो देखेर उस्को मनमा आउने भावनाहरु समेटिएर रचना गर्नुभएको जनताका गायक जीवन शर्माको बजारमा आउदै गरेको गीत हो यो ।

“एउटा नेपाली बाध्यताले विदेश पुग्छ, लामो समयपछि नेपाल फर्कदा उसले खनजोत गरेका बारीका पाटा, उ हिडेको बाटो र दन्ते लहरजस्तै हिमालहरु मुस्कुराएको देख्छ” जनवादी गायक जीवन शर्माले भन्नुभयो “आउदै गरेको नयाँ गीत हो यो, गीतमा नेपाल कुनै परिवर्तनबाट मुुस्कुराएको भन्न खोजिएको हैन, लामो समय हिडेको बाटो, खनजोत गरेको बारी विदेशबाट फर्कदा आफै मुस्कराउछ भन्न खोजेको हु ।”

२०१६ चैत्र २६ मा बागलुङमा जन्मनुभएका जीवन शर्मा जनताको मन मुटुमा बस्नुभएका गायक हुनुहुन्छ । विषेशगरी जनसंगित र प्रगतिशिल गायकका रुपमा परिचित कमाउनुभएका गायक शर्माले पछिल्लो समय जनसंगितमा पूँजीवादी आक्रमण हावी भएको बताउनुहुन्छ । उहाँले आर्थिक अभावकै कारण कतिपय सृजित गीत संगितहरु डायरीमै सिमित भएको बताउनुभयो ।

“अहिले पूँजीवादी चर्को आक्रमण छ, मेरा सृजनामात्रै दुई हजार ५०० छन्, अहिले एउटा अडियो सहित राम्रो भिडियो बनाउनै दुई तीन लाख लाग्छ” गायक शर्माले भन्नुभयो “हिसाब गर्नु त अब कति खर्च लाग्छ, खर्च गरेर मात्रै हुँदैन हिट बनाएर ट्रेडिङ्मा पार्न अझै कति लाख लाख्छरे, अनि हामी जस्ता सर्वाहाराका गीत गाउने गायकहरुलाई नेपालमा ठाउँ कहाँ छ, कतिपय गीत मैले पिढीको डिलमा बसेर मोवाईलमा खिच्न लगाएर युट्युवमा हालेको छु, सृजना मर्न दिनु त भएन ।”

उहाँले जनसंगितलाई राज्यले साथ नदिए लोप भएर जाने र पूँजीपतीहरुको हार्ई–हाई र माया प्रितिका गीत मात्रै बजारमा चल्ने बताउनुभयो । उहाँले जनवादी गीत गाएर हामी जस्ता गायकले जीवन निर्वाह गर्न समस्या भएको बताउदै राज्यले जनवादी गीत तथा संगितको विषयमा कहिलै चासो नदिएको बताउनुभयो ।

अहिले राजनैतीक आस्थाका आधारमा गीत गाउँनेहरुले रातारात पैसा कमाएको उहाँको भनाई छ । जनताको दुःख, पीडा र भोक प्यास देखेरै उहाँको मनमा परिवर्तनको भावना आएको र परिवर्तनका लागि गीत संगित सृजना तर्फ लागेको भनाई छ । तर उहाँले देशमा खाफूले सोचे जस्तो परिवर्तन नभइ पूँजीवादी चिन्तन हावी भएर गरिब झनै गरिब र धनी झनै धनी भएको आभाष भएको बताउनुहुन्छ ।

सामन्तको जालो च्यात्ने उद्देश्यले विभिन्न आन्दोलनमा समेत सक्रिय शर्माले विस्तारै आफ्नै रचना समेत थिचिने र मिचिने अवस्थामा पुगेको दुखेसो गर्नुभयो । उहाँले आफूले रचना गरेका धेरै गीतहरु अर्थअभावकै कारण बजारमा आउन नसकेको बताउनुभयो ।

“बाटोमा हिँड्ने भरिया, काम गर्ने श्रमिक, परिश्रम गर्ने र पसिना बगाउनेलाई अफूले आदर्श पात्रका रुपमा लिएर नै रचना गर्दै आएको छु, अहिले पनि एउटा नयाँ गीत बजारमा आउदैछ, भिडियो बनाउने कुरामा रोकिएको छ, भिडियो बिनाका गीत अहिले युट्युवमा हेर्नै छोडे” उहाँले भन्नुभयो “खर्च गरेर गीत निकाले पनि युट्युवबाट त्यती आम्दानी हुँदैन, केहिले मात्रै फाइदा कमाएका होलान, पदाशिन रहेकाहरू भ्रष्टाचारमा फसेका छन्, उनिहरुबाटै जनसंगितमा कुठारापात भएको छ ।”

आफूहरुले गणतन्त्र ल्याउन, पञ्चायत फाल्न थुप्रै गीत गाएपनि जनतामा तात्तिक भिन्नता आउन नसकेको उहाँको भनाई छ । राज्यको चरित्र अझै पूजीवादी र सामन्ती प्रकृतिको भएकाले जनवादी गीत÷सङ्गीत ओझेलमा परेको उहाँको ठहर छ ।

“आखिर जनताको गीत गाएरै सबैले चिने यहाँ सम्म आए, अझै आशावादी छु देशमा परिवर्तन आउनेछ जनताका दुखले कोल्टे फेर्नेछन्” आशावादी हुँदै जनगायक शर्माले भन्नुभयो “जनताको जीवनस्तरका विषयमा गीत गाए, जनताको जीवनस्तर र आफ्नो जीवस्तर जहाँको त्यही भयो, मलाई साथ दिएका अन्यकलाकारको हालत यस्तै छ, साथ छुट्टीएकाहरुको केही परीवर्तन भएहोला ।” जनताको दुःख, पीडा र वेदनाको गीत आउदानै अफूलाई स्वर्गिय आनन्द मिल्ने शर्माको भनाई छ ।

२०४३ सालमा सिमली छायाँमा गीत रेकर्ड गरेर चर्चामा आउनुभएको शर्माले झरनाको चिसो पानी, चाहिदैन मलाई सिसाको महल र सागर भेट्न लगायतका थुप्रै जनताको दुख र वेदना संग जोडिएका गीत गाउँनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *