बागलुङ उद्योग वाणिज्य संघ निर्वाचन : राजन र शशिको सर्मथन कँडेललाई

आदर्श अनलाइन, बागलुङ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षका लागि उम्मेदवारी दिएका चारजना मध्ये दुई जनाले उम्मेदवारी फिर्ता गर्नुभएको छ । आईतबार अध्यक्षको लागि मनोनय दर्ता गराएका राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले अर्का उम्मेदवार नरेश कंडेललाई सर्मथन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको जनाएका छन् ।

तीनै जना उम्मेदवारी दर्ता पछि विभिन्न बजारहरुका मतदातालाई भेटेपछि सल्लाहका आधारमा व्यवसायीहरुको हितका लागि नरेश कंडेललाई सर्मथन गरेर उम्मेदवारी फिर्ता लिएको छ । २ जनाले उम्मेदवारी फिर्ता लिएपछि उद्यो वाणिज्य संघ बागलुङको नेतृत्वका लागि निर्माण कुमार श्रेष्ठ र नरेश कँडेल बीच प्रतिस्प्रधा हुने देखिएको छ ।

सोमबार ४ बजे सम्मको उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ११ बजे सम्मलाई सारिएको थिया भने पुन पाँच बजे सम्म समय थप गरिएको छ । उक्त समयमा राजन कुमार शाक्य र शशी कपुर श्रेष्ठले अध्यक्षका लागि दिएको उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिनुभयो ।

उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते निर्वाचन हुँदैछ । सदस्यमा उम्मेदवारी दिएका अर्जुन चोखाल, विष्णु राज पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, गणेश राज लम्साल, महेन्द्र प्रसाद शर्मा,उमाकान्त शर्मा बाबु, राजेश भारी, इन्द्रमणी पौडेल अर्जुन, विष्णु प्रसाद अधिकारी, दिपक हमाल,भुपाल कार्की, राजु गौतम, संजय कुमार श्रेष्ठ, ईश्वर जंग राजभण्डारी र उद्योग तर्फ निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी कायमै रहेको छ ।

अध्यक्षसहित १९ जना सदस्यको लागि निर्वाचन हुनु पर्नेमा दुई जना महिला उद्यमी निर्विरोध निर्वाचित भएकोले अध्यक्षसहित २ जना उद्योग सदस्य र १४ जना सदस्यको लागि निर्वाचन हुँदैछ । निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *