मध्यपहाडी लोकमार्गको सदरमुकामदेखि खहरेसम्म कालोपत्रे

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ जिल्ला सदरमुकाम अन्र्तगत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्रे भएको छ । बागलुङ बजारको उपल्लाचौर देखि घोडाँबाधे सम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म सडक कालोपत्रे भइसकेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डमा ठेक्का सम्झौता भएको ६ वर्षपछि सडक कालोपत्रे भइरहेको छ । अहिले बागलुङ बजार खण्ड र बिहुँ खण्डमा कालोपत्रेको काम भइरहेको छ । लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा अहिले धमाधम सडक कालोपत्रे र पूर्वाधार निर्माण भइरहेको छ । सडकको अछेते आसपासमा कालोपत्रेका लागि नाी निर्माण गर्ने, पर्खाल लगाउने, ग्याबिन लगाउने लगायतका पूर्वाधारको काम समेत धमाधम भइरहेको छ ।

जिल्ला सदुमुकामको उपल्लाचौर देखि घोडाँबाधे सम्मको २५ किलोमिटर सडक मध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरे सम्म ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।

“उपल्लो खण्डमा त केही ढिलाई भएको छ, तल्लो खण्डमा कामको सन्तोषजनक अवस्था छ अहिले खहरे देखि अछेते सम्म असार अघि कालोपत्रे गर्ने हाम्रो योजना छ त्यही अनुरुप बेश हाल्ने काम भइरहेको छ, उपल्लो खण्डमा सामान्य काम भइरहेको छ” भण्डारीले भन्नुभयो “२५ किलोमिटर सडक मध्ये ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ” अब १४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ, असार सम्म ४ किलोटिमर सडक कालोपत्रे गर्ने लक्ष्य छ ।”

भण्डारीले असारसम्म पानीले समस्या नपारे हदै सम्म सडक सुधार हुँने बताउनुभयो । उहाँले केही सडक कालोपत्रे सम्पन्न भइसक्दा यो वर्खामा यात्रुले यात्रामा केही कम सास्ती खेप्नेछन् । अहिले भइरहेको कामको प्रगती देख्दा लोकमार्ग कालोपत्रेले सार्थकता पाउने आशमा स्थानीय रहेका छन् । २६ वर्षदेखि सडकको धूलो खादै आएका जनतालाई लोकमार्गले पूर्णता पाउनेमा आशावादी छन् ।

लोकमार्गको टाउको दुखाई रहेको बोक्से खाल्टोले समेत यो वर्खामा सताउने छैन । अहिले बोक्सेको पहिरो ग्रस्त क्षेत्रमा ३०० मिटर क्षेत्रमा ढलान गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर बाहेक अन्य सडक यस अघिनै कालोपत्रे भइसकेको छ ।

तर गलकोट खण्डमा अहिले कालोपत्रे सडक क्षतविक्ष भएको छ । मर्मतका लागि ठेक्का आव्हान गरिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *