उपभोक्ताको प्रश्न : बर्खा लाग्दा साथ धमिलोपानी किन ?

आदर्श अनलाइन, बागलुङ
यो वर्ष छिट्टै मनसुन भित्रियो । एक महिनादेखि पानी पर्ने क्रम जारी छ । बागलुङ बजारमा बितरण भएको पानी घमिलो आउन थालेको एक महिना पुग्न थाल्यो ।

धमिलो पानी त्यही पनि नियमित नहुँने कारणले बागलुङ नगरपालिकाका उपभोक्ताले खानेपानी विरुद्ध ध्यानआर्कषण गराएका छन् । उनिहरुले फोहोर पानी सांकेतिक रुपमा बिरोध स्वरुप बागलुङ नगर खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरेका छन् ।

लगातार धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गर्दै जिल्ला प्शासन कार्यालय, बागलुङ नगरपालिका र नगरखानेपानी तथा सरसफार्य उपभोक्ता समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उपभोक्ताले बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाका सयौ उपभोक्ताहरुको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका छन् । अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्लीप्रसाद गौतम लगायतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा बागलुङ नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी रशेम ढकाललाई नागरिकले शुद्ध पानी पिउने अधिकार कुण्ठित भएको भन्दै आवश्यक पहलकदमीका लागि ध्यानआर्कषण गराइएको उपभोक्ता डिल्लि गौतमले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ढकालले आफूले ततकालै बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थालाई पत्र लेखेर जवाफ माग्ने बताउनुभयो । उहाँले शुद्ध खानेपानीका लागि प्रशासनले आवश्यक पहलकदमी लिने बताउनुभयो ।

उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि शुद्ध पानी खुवाउन उपभोक्ता समिति, नगरपालिका र जिल्ला प्रशासनलाई दुई पटक सम्म अन्रिम आदेश दिएको थियो ।
अदालतको आदेशको समेत मानहानी भएको अधिवक्ता बद्रि उपाध्यायले बताउनुभयो ।

पीडित उपभोक्ताले धमिलो पानीको फोटो र धमिलो पानी बोत्तलमा भरेर नगर खानेपानीलाई बुझाएका छन् । नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको म्यादसमेत सकिएको छ । डेढ वर्ष म्याद सकिँदा पनि संस्थाले साधारणसभा गरेको छैन ।

बरु उपभोक्ताले पानीको समस्या र सास्तीबारे जानकारी गराउन बेवास्ता गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा नगर खानेपानी उपभोक्ता समिति विधान अनुसार अयोग्य भएको, वार्षिक साधारणसभा नगरेको, हिसावकिताव पारदर्शी नगरेको र नागरिकलाई शुद्धपानी खुवाउने अधिकारबाट बन्चित गरेको लगायतको विषयमा ध्यानआर्कषण गरिएको बागलुङ नगरपालिका–४ का उपभोक्ता नारायण केसीले बताउनुभयो ।

टेक बहादुर सार्कीले पटक–पकट अदालतमा समेत शुद्ध खानेपानीका लागि निवेदन दिइराख्नुभएको छ । अदालतले समेत दुई पटक शुद्ध खानेपानी दिलाउनुपर्ने अन्तरिम आदेश दिएको थियो । अदालतको आदेश समेत कार्यान्वयन भएको छैन गत वर्ष तत्कालिन प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानेले खानेपानीको मुहानको स्थलगत अनुगमन पश्चात शद्धिकरण गरेर खानेपानी वतरण भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *