उपल्लाचौर स्थित एक घरमा आगलागी हुँदा ६५ लाख बराबरको क्षति

रोहन जि.सी, बागलुङ

बागलुङ बजारको उपल्लाचौरमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हु“दा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शत्रुधन श्रेष्ठको घरमा रहेको न्यु धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार बिहान आगलागी भएको हो ।

आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनहरुमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका बिभिन्न खालका मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै पुसल र घरमा समेत गरेर ६५ लाख मुल्य बराबरका सामग्री नष्ट भएका छन् ।

बागलुङको काठेखोला गाँउपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् सञ्चालन गर्दै आउनुभएको थियो । बिहान पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । आगलागीको खबर पाए लगत्तै प्रहरी उपरीक्षक दयानीधि ज्ञवाली सहितको प्रहरी टोली, विपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा बिहान ४ बजे आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सोही घरमा बस्ने ६९ बर्षिय शत्रुधन श्रेष्ठ, ६१ बर्षिय भगवती श्रेष्ठ, ३८ बर्षिय शिव श्रेष्ठ र उहाका ११ बर्षिय छोरा दिप्सन श्रेष्ठ सामान्य घाईते भएको अवस्थामा उद्धार गरिएको रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *