बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल सर्बसम्मत


आदर्श अनलाइन, बागलुङ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन निर्वाचन अधिकृत भुमिश्वर गौतमका अनुसार संघको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको बताउनुभयो । संघको नयाँ नेतृत्वका लागि आजै मतदान हुँदै थियो । मतदानअघिनै प्रतिस्प्रधी निर्माण कुमार श्रेष्ठलाई हटाएर कंडेललाई सर्बसम्मत अध्यक्ष चयन गरिएको छ ।

दुबै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्बसम्मत कंडेललाई बनाउन समन्वयगरेपछि निर्माण कुमार श्रेष्ठ पछाडि हट्नु भएको हो । श्रेष्ठलाई कांग्रेस बाहेकका अन्य दलका व्यवसायीले सर्मथन गरे पनि कांग्रेसले कंडेललाई बनाउन व्यवसायिमा लविङ गरेपछि सर्बसम्मत नेतृत्व चयन भएको हो ।

बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताउनुभयो । उहाँले सबैलाई समेतटेर उद्योगी व्यवसायिको हितमा लाग्ने बताउनुभयो ।

कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिव समेत हुनुहुन्थ्यो । संघको उद्योग सदस्य तर्फ निलेश राजभण्डारी र ऋषि राम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

संघकोे खुलातर्फको १४ सदस्य भने यस अघिनै निर्विरोध निर्वाचित भइसकेको थियो । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका थियो ।

खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहनुभएको छ ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *