पोखराका पर्यटक भैरवस्थान र भकुण्डे ल्याउने पोखरेलीको योजना


–खेमराज गौतम, बागलुङ

पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा आएका पर्यटकहरुको बसाई लम्याउनका लागि पोखराका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको खोजी र प्रर्बद्धनमा जुटेका छन् ।

पोखराबाट दूई÷तिन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउन सके पर्यटकहरुको बसाई लम्याउने योजना सहित पोखराका पर्यटन व्यवसायीहरुले पोखराका पर्यटकहरुलाई बागलुङको बलेवा र भकुण्डे ल्याउनका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्नका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्न थालेका छन् ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेश तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा पोखराका पर्यटन व्यवसायीहरु बागलुङको बलेवा र भुकण्डेको प्रर्बद्धनमा जुटेका हुन् । पोखरामा आएका पर्यटकहरुको बसाई लम्याउनका लागि खोज्ने वैकल्पिक पर्यटकीय गन्तव्य बागलुङको भैरवस्थान र भकुण्डे बनाउनका लागि गन्तव्य पहिचान र प्रर्बद्धनमा पोखराका पर्यटन व्यवसायीहरु जुटेका हुन् ।

पोखरा आएका पर्यटकहरुलाई थप समय भुलाउनका लागि वैकल्पिक गन्तव्य खोज्ने क्रममा बागलुङको भैरवस्थान हुँदै भकुण्डे एउटा विकल्प हुँने गरी प्रचार प्रसार र प्रर्बद्धनमा जुटेको हो ।

पोखरा आएका पर्यटकहरु केही घण्टामै वैकल्पिक गन्तव्यमा पुग्नेगरी नयाँ गन्तव्य तथा पर्यटकीय क्षेत्रको प्रर्बद्धनमा जुट्दै आएको नाट्टाले यस पटक पोखरा आएका पर्यटकहरुलाई पर्वत र बागलुङ जोड्ने बन्जी पुल, वलेवा विमानस्थल क्षेत्र, भैरवस्थान मन्दिर, भकुण्डे घरबास, बराह ताल हुँदै बागलुङ बजार ल्याएर पञ्चकोट पु¥याउने योजनाका साथ पर्यटन व्यवसायीहरुलाई त्यस क्षेत्रको भ्रमणमा ल्याएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो ।

“पोखराबाट नजिकका गन्तव्यहरुमा पर्यटक पु¥याउन सके पोखराको मात्र नभई त्यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउने हाम्रो उद्देश्य हो, पोखरा बसाईका लागि आएका पर्यटकलाई थप दुई दिन लम्याउनका लागि वैकल्पिक गन्तव्य आवश्यक हुन्छ, त्यसैले नाट्टाले समय समयमा नयाँ गन्तव्यको खोजी र प्रर्बद्धन गर्दै आएको छ” अधिकारीले भन्नुभयो “पोखरा आएका पर्यटकहरु छोटो समयमै पर्वतको कुस्मा र बागलुङको बन्जी जम्प हुँदै भैरवस्थान दर्शन गरेर भकुण्डे बसेर बागलुङको पञ्चकोट आउन सक्छन्, त्यसैले त्यस क्षेत्रको प्रर्बद्धन र अवलोकनका लागि नाट्टामा आबद्ध पर्यटन व्यवसायी र पर्यटन मन्त्रालयका कर्मचरीहरु भैरवस्थान, भकुण्डे हुँदै बागलुङ बजार अबलोनका लागि आएका हौं ।”

पोखरा पछि थप दुई दिन बिताउन कुस्मा, भैरवस्थान हुँदै भकुण्डे गज्जबको गन्तव्य बन्ने अधिकारीको भनाई छ । पछिल्लो समय कुस्माको बन्जी पुल अबलोनका लागि आउने पर्यटकहरुलाई समेत बागलुङको भकुण्डेमा एक रात बिताउनका लागि आकर्षति गर्न सकिने पर्यटन व्यवसायीहरुको भनाई छ । पोखरा आएको पर्यटकहलाई बागलुङ पठाउदा पोखराको पर्यटन व्यवसायमा समेत अप्रत्यक्ष फाइदा पुग्ने भएपछि व्यवसायीहरु आफ्नै सक्रियतामा नयाँ गन्तव्य पहिचान र पर्बद्धनमा जुटेका हुन् ।
आफै नपुगेको र नबसेको स्थानमा पर्यटकहरुलाई जाउ भन्न समस्या हुँने र पर्यटकहरुले नयाँ गन्तव्य भनेजस्तो नभएपछि पोखराकै पर्यटन व्यवसायमा समस्या पर्ने भएपछि नाट्टामा आबद्ध पोखराका पर्यटन व्यवसायीहरु आफै भैरवस्थान दर्शन, भकुण्डे घरबास हुँदै बागलुङ बजार आएका हुन् । भैरवस्थान र भकुण्डेको भ्रमणमा सहभागी पर्यटन व्यवसायीहरुले पोखरा आएका पर्यटकहरुलाई भैरवस्थान र भकुण्डेलाई एक दिन वा दुई दिनको भ्रमणका लागि पर्यटकहरु पठाउन समस्या नरहेको बताएका छन् ।

भकुण्डे घरबासको अर्गानिक खाना, आरमदायी बसाई, प्राकृतिक बातावरण र हिमालहरुको दृश्यले पर्यटकहरुलाई आकर्षित गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताउनुभयो । भ्रमणमा सहभागी नाट्टा गण्डकीका द्वत्तिय उपाध्यक्ष तथा भ्रमण समूहका संयोजक कमला गिरीले भैरव स्थान र भकुण्डेमा पर्यटकहरु रमाएर दुई दिन सम्म विताउन सक्ने बताउनुभयो ।

भैरवस्थान र भकुण्डे लाई पोखरा पछिको पर्यटकीय गन्तव्य बनाएर पर्यटकहरु पठाउन पोखराका पर्यटन व्यवसायीहरु लालायित भएका छन् । उनिहरुले पदमार्ग र सवारीसाधन दुबै तरिकाले यहाँ पर्यटक आउने संभावना रहेको बताएका छन् । उनिहरुले पर्यटकीय गन्तव्य र घरबासको आतिथ्यता र व्यवस्थापन निकै राम्रो भएपनि सडकलाई भने केही सुधार गर्न आवश्यक रहेको बताएका छन् । घरबासमा पहुँनाका लागि खानाका लागि आलु, मकै, कोदो, साग भकुण्डेमै उत्पादन भएका कारण अर्गानिक परिकार, घरबास व्यवस्थापन, भ्यूटावर, प्राकृतिक संरचना लगायतले पर्यटकहरु आकर्षित गरिरहेको र सिजन याममा यहाँको घरबासमा पर्यटकहरुले खाली नहुँने भकुण्डे स्थित अतिथि सत्कार घरबासका अध्यक्ष खिम थापाले बताउनुभयो ।

पर्यटकीय संभावना रहेका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न तथा घरबास प्रर्बद्धनलाई गण्डकी प्रदेश सरकारले सदैब सहयोग गरिरहेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *