पश्चिम बागलुङमा दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम

५ असार २०७९, आईतबार, बुर्तिबाङ
जिल्ला ट्राफिक कार्यालय बागलुङले दुर्घटना न्यूनिकरण गर्नका लागि दूर दराजमा पुगेर विद्यार्थी तथा स्थानीयलाई सचेतना मुलक कार्यक्रम गरि रहेको छ । ट्राफिक प्रहरीले आइतबार जिल्लाको तमानखोला र निसीखोलामा ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

तमानखोलाको बोङ्गादोभान स्थित जनजागृति मावि र निसीखोला गाउँपलिकाको प्रभा माविमा उक्त कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय बागलुङ कार्यालय प्रमुख तथा प्रहरी वरिस्ठ नायव निरीक्षक राजकुमार केसीले दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।

उहाँले पछिल्लो समय पश्चिम बागलुङ दुर्घटना बढी रहेको भन्दै न्यूनिकरणका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘पछिल्लो समय यस क्षेत्रमा दुर्घटनाहरु भइरहेका छन्, यसको न्यूनिकरणका लागि हामीले यो कार्यक्रम गरेका हौँ, यो कार्यक्रमले दुर्घटना न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने छ’ उहाँले भन्नुभयो ।

सो अवसरमा लागु औषध दुव्र्यशनी नियन्त्रण तथा रोकथाम सम्बन्धी ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक विशाल परियारले प्रशिक्षिण दिनु भएको थियो । सोही अवसरमा सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बर बहादुर जिसीले लैङ्गीक हिंसा सम्बन्धी प्रशिक्षण दिनु भएको थयो । उहाँले समाजमा अहिले पनि लैङ्गिक हिंसामा रहि रहेको बताउनुभयो ।

जिल्लामा चालु आर्थिक वर्षको हालसम्म २२ वटा सवारी दुर्घटना भएका छन् । जसमा १० जनाको मृत्यु भएको भने २२ जना घाइते भएका छन् । दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रम थालेपछि दुर्घटना कम भएको ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *