फारर अभियुक्त पक्रन प्रहरीको सक्रियता, एक महिनामा २० जना पक्राउ


आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले फरार रहेका अभियुक्तलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने कामलाई तिव्रता दिएको छ ।

जिल्ला अदालतबाट विभिन्न मितिमा कैद, जरिवना तोकिए पनि भुक्तान हुन बाँकी रहेका २० जना अभियुक्तलाई पछिल्लो एक महिनामा पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तको कुल ६ वर्ष ११ महिना १९ दिन र ५ लाख १२ हजार ४५ रुपैयाँ लगत कट्टीको लागि अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले स्थानीय तह निर्वाचन सकिए लगत्तै जेठ महिनामा मात्र ज्यान मार्ने उद्योगका १, वैदेशिक रोजगार ठगीका १, लागु औषधका १, हात हतियार सम्बन्धी ७, जुवा कसुरका २, वैंकिङ कसुरका १, बहुविवाहका १, पशुपंक्षि सम्बन्धी कसुरका २, सवारी ज्यान कसुरका १, सार्वजनिक अपराधका १ र चोरी सम्बन्धी कसुरका २ जना अभियुक्तलाई पक्राउ गरेको हो ।

७५ रुपैयाँ देखि २ लाख रुपैयाँ सम्म लगत कट्टी गर्नुपर्ने अभियुक्त पक्राउ परेको रानाले बताउनुभयो । वैदेशक रोजगार ठगी कसुरमा १ वर्ष ५ महिना २४ दिन कैद तोकिएका बागलुङ नगरपालिका १२ का ४० वर्षीय प्रकाश शर्मालाई प्रहरीले जेठ १२ गते पक्राउ गरेको छ ।

लागु औषध कसुरमा २ हजार रुपैयाँ जरिवाना तोकिएका बानपा ३ का २५ वर्षीय सविन पाइजा, हात हतियार खरखजना कसुरमा ३ महिना ६ दिन कैद सजाय तोकिएका तमानखोला २ का ४० वर्षीय प्रसाद छन्त्याल, ५९ हजार ५ सय ५० रुपैयाँ जरिवाना तोकिएका ढोरपाटन नगरपालिका ४ का ३० वर्षीय खगेन्द्र सुनार, ५ महिना १३ दिन कैद र ५ हजार जरिवना तोकिएका ताराखोला ५ का ३७ वर्षीय यमबहादुर घर्ती मगर, सोही ठाउँका ४४ वर्षीय टेकबहादुर रोका, ५० वर्षीय चित्रराज कंडेल, ३८ वर्षीय होमबहादुर रोका र ३० वर्षीय खिमानन्द कंडेल पक्राउ पर्नु भएको हो ।

यस्तै गरी ज्यान मार्ने कसुरमा ९ महिना १२ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका बानपा ४ का १८ वर्षीय सन्दिप चर्माकार, जुवा कसुरमा ७५ रुपैयाँ जरिवाना तोकिएका बानपा १ का रामबहादुर रेग्मी र हिराबहादुर पाइजा, वैंकिङ कसुरमा ५ दिन कैद र २ लाख ९५ हजार जरिवाना ताकिएका जैमिनी नगरपालिका १० का ४४ वर्षीय रोमन छन्त्याल, बहुविवाह कसुरमा २ वर्ष कैद र १० हजार जरिवना तोकिएका बानपा ८ का ३८ वर्षीय सुरेन्द्र खड्का, पशुपंक्षी सम्बन्धी कसुरमा ३ महिना २० दिन कैद सजाय तोकिएका ढोरपाटन नगरपालिका ५ का ३२ वर्षीय विरेन्द्र श्रीपाली र ढोरपाटन ४ का २५ वर्षीय लुत्रमान श्रीपाली, सवारी ज्यान कसुरमा २ हजार जरिवाना तोकिएका गलकोट ७ का ३० वर्षीय ईश्वर थापा, सार्वजनिक अपराध कसुरमा ४ हजार ४ सय ५० रुपैयाँ कैद तोकिएका बानपा ८ का ३३ वर्षीय सुरेन्द्र घर्ति थापा, चोरी कसुरमा ४३ हजार ८ सय ८१ रुपैयाँ जरिवाना तोकिएका गलकोट नगरपालिका ८ का २७ वर्षीय लालबहादुर गलामी र ६ हजार ४ रुपैयाँ जरिवाना तोकिएका बानपा ७ का ३६ वर्षीय राजु मल्ललाई पक्राउ गरि कैद जरिवाना भुक्तानको लागि अदालत पेश गरिएको ज्ञवालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *