बागलुङका ६३२ बाढी पहिरो पीडितले अझै पाएनन् राहत

डम्मर बुढा मगर, बागलुङ
वर्षातको समयमा बागलुङमा विपद् व्यवस्थापनको पूर्व तयारी नहुँदा हरेक वर्ष धनजनको क्षति हुँदै आएको छ । दुई वर्ष पहिलेनै सरकारले बागलुङलाई बाढी पहिरो अति प्रभावित जिल्लाको सूचिमा राखेको थियो । अति प्रभावित जिल्लाको सूचिमा राखेर पीडितहरुलाई उचित राहत उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको थियो । तर अहिलेसम्म बागलुङका बाढी पहिरो पीडितले सरकारबाट पाउनु पर्ने राहत भने पाएका छैनन् ।

स्थानीय तहले आवश्यक प्रक्रिया पुरा नगरि दिँदा पीडितले राहत पाउनबाट वञ्चित भएका हुन् । बागलुङका १० वटै स्थानीय तहमा बाढी पहिरो प्रभावित भए पनि अहिलेसम्म कसैले पनि राहत नपाएको गुनासो गरेका छन् । पालिकाले पीडितहरुको तथ्याङ्क संकलन गरे पनि केही पालिकाले अहिलेसम्म जिल्ला प्रशासनका पठाएको छैन । त्यसले गर्दा पीडितले पाउनु पर्ने राहत पाएका छैन् ।
सरकारले पीडितले पाउने रकम भने जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ । बागलुङमा ६३२ बाढी पहिरो पीडितको सूचि जिल्ला प्रशान कार्यालयमा थन्किएको छ । जिल्लाको सबैभन्दा बढी पीडित ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र जैमिनी नगरपालिका पर्छ छन् । दुई वर्ष अगाडिदेखिका पीडितले अहिलेसम्म राहत नपाएको गुनासो छ ।

बाढीले घर बारी बगाएको दुई वर्षसम्म पनि सरकारबाट पाउनु पर्ने राहत नआएको बाढी पीडित कुलबहादुर विकले बताउनुभयो । उहाँले कागज पत्र पालिकामा पठाएको दुई वर्ष हुन लागेको भन्दै अहिलेसम्म आफूहरु राहत पाउने र नपाउने विषयमा टुङ्गा नभएको बताउनुभयो ।

‘बाढीले घर बारी बगाएपछि नगरपालिका र प्रहरीलाई जानकारी गरायौँ, पुलिस आएर हेरे, फोटो पनि खिचेर लगे, तर अहिलेसम्म राहत पाउनने नपाउने टुङ्गो छैन,’ विकले भन्नुभयो ‘ऋण खोजेर घर त बनाइयो के गर्ने राहत आउला भनेर आश गरेको पनि दुई वर्ष भयो, नदिने भए पाउँदैनौँ भने हुन्थ्यो आश गरिने थिएन होला दिने भए, दिइहाले हुन्थ्यो ।’

अर्का पीडित प्रतापसिंह थापाले पहिरोले आफ्नो दुई वटा घर पूर्ण रुपमा भत्किएको भन्दै एउटा घरका लागि राहत माग गरे पन अहिलेसम्म पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले आवश्यक कागजातहरु सबै बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा दाखिला गरेको भन्दै अहिलेसम्म झुलाई रहेको बताउनुभयो । ‘दुई वर्ष अगाडी मेरो दुई वटा घर पहिरोले भत्कियो, म घरविहीन भए, अहिले ऋण धन गरेर एउटा घर बनाएको छु, सरकारले राहत दिन्छ भन्छन्, त्यसको लागि म रायडाँडाबाट धेरै पटक नागरपालिका र जिल्ला प्रशासनमा झेर तर अहिलेसम्म केही अत्तोपत्तो छैन,’ उहाँले भन्नुभयो ‘कागजात पनि हाकिम सापहरुले भने अनुसारनै बनाएर ल्याएको छु, खै किन राहत पाउन सकिएन ?’

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जिल्लाभर बाढी पहिरो पीडितका तथ्याङ्क अहिलेसम्म प्रशासनमा आउन नसकेको भन्दै आएकाहरुको छानबिन गरि वास्तविक पीडितलाई राहत उपलब्ध गराइने बताउनुभयो । ‘अहिलेसम्म सबै पालिकाबाट पीडितहरुको तथ्याङ् आएको छैन, आएका तथ्याङ्कहरुको प्रमाण पुगे नपुगेको हेर्छौँ, प्रमाण पुगेका सबै पीडितलाई राहत दिने गरि काम भइरहेको छ’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *