२७ खानेपानी योजनालाई ६ करोड बजेट

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाका २७ खानेपानी योजनाका लागि रु.६ करोड ९५ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि संघ र प्रदेश सरकारबाट खानेपानी मन्त्रालय अन्तरगत कार्यान्वयन हुँनेगरी २७ योजना छनौटमा परेर बजेट बिनियोजन भएको छ । योजनामा रु. १० लाख देखि एक करोड सम्म बजेट विनियोजन गरिएको छ ।

जसमध्ये केही क्रमागत र केही नयाँ योजना रहेका छन् । गाउँगाउँमा खानेपानीका एक घर एक द्दारा पु¥याउनका लागि खानेपानी योजनामा बजेट विनियोजन गरेको छ । उक्त योजनाहरु बागलुङ जिल्लाको क्षेत्र नम्बर १ अन्र्तगत छनौटमा परेका योजना हुन् । बागलुङ जिल्लाको क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकका अनुसार २७ खानेपानी योजना बाहेक बागलुङ बजारको ढल निकास परियोजनालाई समेत रु. १९ करोड बिनियोजन भएको बताउनुभयो । उहाँले यस वर्ष ठेक्कामा जानेगरी ढलनिकास परियोजना अघि बढ्ने गरी रु.१९ करोड बजेट बिनियोजन गरेको छ ।

संघ मार्फत कार्यान्वयनमा जाने १३ आयोजना, र १४ प्रदेश मार्फत कार्यान्वयन हुँने साना खानेपानी आयोजनामा रु. ६ करोड ९५ लाख बजेट विनियोजन भएको छ । संघीय सरकारबाट कार्यान्वयनमा जाने बागलुङ नगर सह–लगानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि रु. एक करोड, अमलाचौर वृहत लिफ्ट खानेपानी बहुवर्षीय आयोजनाको लागि रु. २० लाख, हाँडीकोट विहाडथला राङ्खानी भेडिखर्क खानेपानी योजनाका लागि रु. १० लाख, जैमिनी खानेपानी आयोजनाका लागि रु. १० लाख र दमेक खानेपानी योजनाका लागि रु. २० लाख विनियोजन भएको छ ।

यस्तै बागलुङ गलुवा खानेपानी योजनाका लागि रु. २० लाख, तित्याङ ठूलास्वारा–नुवारा खानेपानी योजनाको लागि रु. २० लाख, गडेलबोट देउपुर बागलुङ नगरपालिका–८ खानेपानी योजनाका लागि रु. १५ लाख, भान्सा सिस्नेरी बानपा–६ खानेपानी योजनाका लागि रु. १५ लाख, हाँडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि रु. १५ लाख, छिस्ति खानेपानी योजनाको लागि रु.४० लाख, बरेङ खानेपानी योजनाको लागि रु. ५० लाख र हुग्दिशिर गुरुङ्धारा खानेपानी योजनाका लागि रु. ४० लाख विनियोजन भएको छ ।

यस्तै गण्डकी प्रदेश सरकार मार्फत कार्यान्वयमा जाने विनामारे खानेपानी आयोजनाको लागि रु.५० लाख, भकुण्डे खानेपानी आयोजनाका लागि रु. ३० लाख, अर्जेवा खानेपानी आयोजनाका लागि रु. १० लाख, कुश्सिेरा खानेपानी आयोजनाका लागि रु. २० लाख, रायडाँडा खानेपानी आयोजनाका लागि रु. १० लाख, धुल्लोबास्कोट खानेपानी आयोजनाका लागि रु. २० लाख बिनियोजन भएको छ ।

यस्तै रेश खानेपानी योजनाका लागि रु. ५० लाख, सिगाना खानेपानी योजनाका लागि रु. १५ लाख, पैयुपाँटा पहिलो खानेपानी योजनाका लागि रु.१० लाख, पैयुपाँटा दोस्रो खानेपानी योजनाका लागि रु. १० लाख, अमलाचौर खानेपानी योजनाको लागि रु. १० लाख, सर्वसिद्धि खानेपानी योजनाका लागि रु. २५ लाख, मालिका खानेपानी योजनाका लागि रु. ५० लाख र बागलुङ बजार लामिगाउँ खानेपानी योजनाका लागि रु. १० लाख विनियोजन भएको छ । संघीय सांसद डा. पाठकका अनुसार साउन लागेपछि योजना कार्यान्वयनमा जाने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *