ताराखोलाको बजेट ३६ करोड ६६ लाख

आदर्श अनलाइन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिकाले रु.३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोकाले प्रस्तुत गर्नु भएको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि उपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले संघीय सरकारबाट शसर्त अनुदानमार्फत प्राप्त गरेको रु. १६ करोड ५४ लाख, वित्तिय समानिकरण अनुदान रु. ७ करोड ९९ लाख र राजश्व बाँडफाँड बाट रु. ६ करोड ७३ लाख २६ हजार प्राप्त गरेको थियो ।

त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रु. ७९ लाख ६४ हजार, राजश्व बाँडफाँड रु. ३८ लाख ९ हजार, संघीय सरकार विशेष अनुदान वापत रु. एक करोड २० लाख, संघीय सरकार समपुरक अनुदान रु. ७० लाख, गण्डकी प्रदेश सरकार समपुरक अनुदान रु. ४० लाख र चालु आर्थिक वर्षको रु. ८२ लाख ९३ हजार मौज्दात र आगमी आर्थिक वर्षको आन्तरिक आम्दानी रु. ५० संकलन हुँने गरी गाउँपालिकाले रु.३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाले चालु खर्च तर्फ रु ६ करोड ७ लाख, पूँजीगत खर्च तर्फ रु. १४ करोड रु.६३ लाख २९ हजार, ससर्त अनुदान सहित चालु खर्च रु. २२ करोड ३ लाख ६३ हजार बिनियोजन भएको छ ।

पालिकाले कृषि विकास तर्फ रु. एक करोड ५६ लाख २५ हजार, पशु विकास तर्फ रु. एक करोड १९ लाख ६०द हजार, सामाजिक विकासको शिक्षा तर्फ रु. एक करोड १० लाख ८७ हजार, खानेपानी तथा सरसफार्यमा रु. ९६ लाख, पूर्वाधार विकासमा रु. पाँच करोड १२ लाख २० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु. ७० लाख, गाउँपालिकाको प्रशासनिक खर्चका लागि र. ६ करोड ४८ लाख १६ हजार विनियोजन गरेको छ ।

भातखानेडाँडा वडा नम्बर १ जाने सडक स्तरोन्नतीका लागि रु. १ करोड ४० लाख, सादी हिल गाउँ पधेराखोला, बराहखोला सडक स्तरोन्नतीका लागि रु. ८० लाख, घुस्मेली सभाहल सडक स्तरोन्नतीका लागि रु. ६० विनियोजन भएको छ । यस्तै पालिकाले कृषि उपजको बजारीकरण, जनयुद्ध घाईते तथा शहिद परिवारलाई भत्ता र विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ ।

बागलुङको ताराखोला गाउँपालिकाले सशष्त्र द्वन्द्वकालका सहिद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा युद्द स्तम्भ बनाउने भएको छ । जनयुद्ध दिवशमा सार्वजनिक बिदा समेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष धनबहादुर बिक ‘हिमाल’ले बताउनुभयो ।

बजेटमा जनयुद्द दिवश, सहिद सप्ताह कार्यक्रम संचालन लगायतमा व्यवस्था भएको हो । त्यसकालागि २४ लाख बजेट बिनियोजन भएको छ । जनयद्दमा ताराखोलाका २३ जना सहिद भएका थिए भने २ जना बेपत्ता र दर्जनौ घाइते छन् । अध्यक्ष बिक समेत जनयुद्दका घाइते हुन् । उनको शरिरमा समेत गोलीका छर्रा अझै बाँकी छन् । गाउँपालिकाले आफ्नो सभाहलमा सहिदको तस्बिर सजाएर राखेको छ । सहिद सप्ताहमा उनीहरुको परिवार सम्मान गर्ने, सहिदका छोराछोरीलाई छात्रवृत्ति दिने लगायतको काम गर्दै आएको छ ।

जनयुद्दको बेला श्रमदान गरेर बनाइएको सडकलाई स्तरउन्नतीका लागि बजेट बिनियोजन गरिएको छ । झण्डै २३ किमी लामो सडक जनयुद्दमा श्रमदानबाट बनेको थियो । उक्त सडक कालोपत्रे गर्ने तयारी छ । गण्डकी प्रदेश र संघिय सरकारको अनुदान समेत जुटाएर सडक चौडापार्ने काम भैरहेकोछ ।

तत्काल स्तरोन्नती गरेर बर्षातमापनि नियमित सवारी चलाउन बजेटमा रु.२० लाख बिनियोजन गरिएको हो । गाउँपालिकाले सहिद पार्क निर्माणकालागि रु. ५ लाख बजेट बिनियोजन गरेको छ । ताराखोला गाउँपलिकाले वडा नंं २ को ओसमरको गयार भन्ने स्थानमा पार्कको तयारी छ । पार्क संगै २३ जना सहिदको अर्धकदको मुर्ति समेत बनाइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *