ढोरपाटन नगरपालिको बजेट ५१ करोड

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५१ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिका उपप्रमुख धनबहादुर कायतले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा, रोजगार लगायतका विषयलाई जोड दिएको छ । सडकको सहज पहुँच, एकघर एक खानोपानी धारा निर्माण गरी खानेपानीको पहुँचलाई विस्तार गर्ने, गरीबी अन्त्य गर्न रोजगार मुलक तथा सिपमुलक र उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख छ ।

शिक्षालाई प्रविधिमैत्री बनाउने, उत्तरगंगा नमुना माविलाई व्यवस्थित गरि सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने, ढोरपाटन नगरपालिकाको पर्यटन प्रर्वधन प्रचारप्रसार र सम्भावनाको खोजी गर्ने,निसीभुजी जनता क्याम्पसलाई थप व्यवस्थापन गरी आवश्यक अनुदान उपलब्ध गराउने नगर प्रमुख देव कुमार नेपालीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

ढोरपाटन नगरपालिकामा रहेका कला सँस्कृतिको संरक्षण गर्ने र मठ मन्दिरको व्यवस्थापन गरिने, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र जनताको सेवामुखि बनाउने, बुर्तिबाङ, अर्नाकोट, घम्पु हुँदै ढोरपाटन सडक निर्माणलाई प्राथमिकता दिइने, सबै वडाका वडा कार्यलय निर्माणलाई जोड दिइने नीति कार्यक्रममा समावेश छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *