निसीखोलाको बजेट ४९ करोड ५२ लाख : एम्बुलेन्स संचालन मुख्य प्राथमिकतामा

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँसभाबाट कुल ४९ करोड ५२ लाखको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका भित्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमादेखि एम्बुलेन्स सञ्चालनलाई जोड दिएको छ ।

पालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरीदिने र समयमा सहज उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्नका निम्ति एम्बुलेन्स खरिद गर्ने कार्यक्रमलाई जोड दिएको हो । निसीखोला गाउँपालिका भित्र रहेको राजकुट र अर्नाकोटलाई विमानस्थल निमार्ण प्रक्रियामा समेत लैजाने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रङ्गारिक खेतिलाई पोत्साहन गर्दै माछापालनको लागि सार्वजनिक तथा नीजि पोखरी निमार्ण गर्ने, गाउँपालिका जनतालाई आपतकालिन अवस्थामा एम्बुलेन्स नभएको भन्दै आपतकालिन सेवालाई सहज बनाउने भन्दै आर्थिक वर्ष २०७९/८० बाट एम्बुलेन्स सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

कार्यक्रममा निसीखोला गउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीको अध्यक्षता, रहेको कार्यक्रममा निसीखोला गाउँपालिका निवर्तमान अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता, नेकपा एमाले निसीखोला अध्यक्ष भुमिराज घर्ती, नेपाली काँग्रेस निसीखोला सचिव राजमन बुढा, नेकपा माओवादी केन्द्रका तर्फबाट भिम बहादुर घर्ती राजमोका थम बहादुर घर्ती र राप्रका चक्र बहादुर रोका लगाएतले कार्यक्रममा शुभकामना मन्तन्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती, राजनीतिक दलका प्रतिनिधि गाउँसभाका सदस्य लगाएतको उपस्थिति रहेको थियो । निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यको स्वागत र पालिकाका सुचना अधिकारी पुरुषोत्तम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *