शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ (सेतो) लाई

रोहन जि.सी, बागलुङ
बागलुङमा हालै सम्पन्न अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलले प्राप्त गरेको छ । चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाईफ स्पोट्र्स क्लब बागलुङको सह आयोजनामा शुरु भएको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा आयोजक चिल्ड्रेन लाईफ सेतोले फ्युचर ब्राईटरलाई ८–४ गोलको अन्तरले उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाइनल खेलमा आयोजक चिल्ड्रेन लाईफ सेतोले फ्युचर ब्राईटरलाई ८–४ गोलको अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रर्दशन गरेका थिए । चिल्ड्रेन लाईफ सेतोको लागि तार्जन कायत मगरल ३े , कप्तान दिपक थापा मगरले ३, लोकेन्द्र पुनले १ र सुशिल भण्डारीले १ गोल गर्दै जित हासिल गरेको हो । फ्युचर ब्राईटरको लागि आशिष परियारले ३ र लवसन थापा मगरले १ गोल गरेपनि हार व्यहोर्नु परेको हो । दुवै टिमको आक्रमक प्रस्तुतीले दर्शकहरुको माहोल तताएको थियो ।


उक्त खेलमा आयोजक टिमका तार्जन कायत मगर म्यान अफ द म्याच घोषित भई पुरस्कृत हुनुभएको चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका फुटबल प्रशिक्षक लोकेन्द्र पुनले बताउनुभयो ।
प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । नगर उपप्रमुख खड्काले शिक्षकले शिक्षा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।
कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी, एन प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, नेपाल पत्रकार महांसघका प्रदेश सदस्य ताराप्रसाद शर्मा (स्टार), शिक्षक दिपक सुवेदी, उक्त प्रतियोगिताका निर्णायक नरेन खत्री, इश्वर श्रीस, रञ्जन खत्री लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।


समापन कार्यक्रम चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक सुरेश सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा विजेता चिल्ड्रेन लाईफ सेतोले रु ११ हजार १११, मेडल, ट्रफी तथा प्रमाण पत्र र त्यस्तै उपविजेता फ्युचर ब्राईटरले रु ५ हजार ५५५, मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका जीवन रोकाले जानकारी दिनुभयो । उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा सम्पन्न भएको र सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेको चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका सौगात खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि चिल्ड्रेन लाईफ सेतोका कप्तान दिपक थापा मगर, सर्वोत्कृष्ट किप्पर चिल्ड्रेन लाईफ सेतोका आशिष के.सी, सर्वोत्कृष्ट गोलकर्ता फ्युचर ब्राईटरका आशिष परियार (१४ गोल)ले र अनुशाषित टिममा विद्मामन्दिर मा.वि पुरस्कृत भएको चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका राजिव श्रीसले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *