काठेखोला गाँउपालिकाको ५५ करोडको बजेट तथा कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको अनुमानीत बजेट सार्वजनिक गरेको छ ।

काठेखोला गाउँपालिकाको ११ औं सभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले सो अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । काठेखोला गाउँपालिका स्तरीय कार्यक्रम अन्र्तगत विभिन्न विषयगत समितिहरुतर्फ ५ करोड १६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकासका लागि १ करोड ६८ लाख रुपैयाँ, सामाजिक विकासका लागि २ करोड २६ लाख ५० हजार रुपैयाँ, पुर्वाधार विकासका लागि ५७ लाख रुपैयाँ, सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३५ लाख रुपैयाँ र वन, वातावरण तथा विपद् ब्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

काठेखोला गाँउपालिकाको प्रशासकीय भवन निर्माण गर्न जग्गा व्यवस्थापनका लागि ७० लाख रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाको हरेक वडाको योजना तथा कार्यक्रमका लागि ६ करोड १५ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ ।

अक्षेते, करिना, वडा कार्यालय धिमी जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख र अक्षेते राहाले घुम्टीदेखि डुडिया, लामांगीघुम्टीहुँदै ४ नंम्वर वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि ५० लाख रुपैया गरी जम्मा १ करोड रुपैयाँ बिनियोजन भएको छ ।

अध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ र उपाध्यक्षसंग बिद्यालय सघन तथा नियमित अनुगमन कार्यक्रमका लागि ४ लाख रुपैयाँ विनियोजन भएको छ । विपद कोष स्थापनाका लागि १५ लाख रुपैयाँ बिनियोजन भएको छ ।

कृषि तथा पशुपालनमा ७२ लाख, उद्योगतर्फ ३० लाख, उर्जातर्फ ८ लाख, शिक्षातर्फ २१ करोड २६ लाख, स्वास्थ्यतर्फ ४ करोड १ लाख, आवास व्यवस्थापन कार्यक्रमतर्फ ३६ लाख, सामाजिक सुरक्षा तथा रोजगार प्रबद्र्धन कार्यक्रमतर्फ ८८ लाख, झोलुंगे पुलतर्फ ४० लाख र पर्यटन पूर्वाधारतर्फ २० लाख रुपैयाँ बिनियोजन गरिएको थापाले बताउनुभयो । यसअघि गाँउपालिका अध्यक्ष राजु थापाले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *