बागलुङमा दूधको मूल्यमा वृद्धि


आदर्श अनलाइन, बागलुङ
बागलुङमा दूधको मुल्यमा प्रति लिटर रु. २० वृद्धि भएको छ । दुग्ध व्यवसायी संघ बागलुङले दुग्ध किसान र सरोकारवाला निकायहरुको सहमतीमा आगमी असार १५ गतेदेखि लागु गर्ने गरी दूधको मुल्यमा वृद्धि गरेको हो । प्रतिलिटर रु. १०० मा कारोबार भइरहेको दूधको मुल्य प्रतिलिटर रु.१२० पुगेको छ ।

दूधको मुल्यमा वृद्धिभएसंगै दूग्धजन्य पदार्थमा समेत मूल्य वृद्धि भएको दुग्ध व्यवसायी संघले जनाएको छ । संघका अनुसार बागलुङमा २०७७ जेठमा प्रतिलिटर रु. ८० बाट बढाएर प्रति लिटर रु.१०० कायम गरिएको थियो । दानाको मुल्यमा ६० प्रतिशत वृद्धि भएको र दूध ढुवानी शुल्क समेत बढेका कारण दूधको मुल्यमा वृद्धि गरिएको दूग्ध व्यवसायी संघका अध्यक्ष नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।

दूधको मुल्य वृद्धि भएसंगै पोकाको दुध ६५, दही प्रतिलिटर १३०, पोकाको दही ७०, ध्यु प्रतिकिलो १०४ सय, पनिर प्रतिकिलो एक हजार १०० र नौनी प्रतिकिलो एक हजार २०० पु¥याइएको छ ।
पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि भएसंगै गाई भैसैलाई अवाश्यक पर्ने दाना र घाँसको मूल्य संगै ढूवानी शुल्कमा समेत वृद्धि भएपछि दूधको मूल्यमा वृद्धि गरिएको हो ।

शनिबार बसेको बागलुङ दुग्ध उत्पादक संघको बैठकले सरकोरवाला सँगको छलफलपछि मुल्य बृद्धिको निर्णय गरेको थियो । किसानहरुले मुल्यवृद्धि आकासिएका कारण बढेको मुल्यमा समेत दूध विक्रि गर्दा समेत नाफा नहुँने बताएका छन् । पशुको दानमा ६० प्रतिशत सम्म मुल्य वृद्धि भएपछि किसानहरु आजित भएका हुन् ।

दूधमा आत्मनिर्भर रहेको बागलुङले छिमेकी जिल्ला पर्वत र गुल्मीमा दूधको निर्यात समेत गर्ने गरेको छ । कच्चा पदार्थको मुल्यमा भारी वृद्धि भएसंगै दूधको मुल्यमा वृद्धि गरिएको बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले जनकारी दिनुभयो । बागलुङमा अधिकांश दूधको बजारीकरण सहकारी मार्फत हुँदै आएको छ ।

दूग्ध विकास बोर्डले मुल्य वृद्धि गरिसकेको र छिमेकी जिल्लामा समेत मुल्य वृद्धि भइसकेपछि बागलुङमा दूधको मूल्यमा वृद्धि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *