बागलुङका पालिकाको प्राथमिकता : स्थानीय उत्पादनको बजारीकरण

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ । नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रुपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगरपाकिलाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रुपमा आगन्तुक पाहुँना र पर्यटकलाई सिन्कि दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउनेगरी बजारीकरणको योजना सहित बजेट तथा कार्यक्रममा समेटेको बताउनुभयो ।

“यहाँका केही घरबासले ढकायो, मुला र बाँकोको सिन्किलाई मुख्य आकर्षक परिकारका रुपमा बनाउदै आएका छन्, गलकोटमा दरमकोखालाको माछा जत्तिकै प्रख्यात छ त्यतीकै यहाँको उच्च भागमा पाइने बाँको र ढकायोलाई सिन्किको रुपमा बजारीकरण गर्ने हाम्रो नीति हो” गैरेले भन्नुभयो “स्थानीय मलिाहरुले उत्पादन गरेको सिक्निलाई हामीले खरिद गरेर मायाको चिनो तथा उपहार तथा कोसेलीका रुपमा बजारीकरण गछौं, जस्का लागि यो वर्ष बजेटको समेत व्यवस्थापन गरेका छौं ।”

नगरपालिकाले उद्यम विकासमा रु. २६ लाख र लघु उद्यम विकास कार्यक्रममा रु. ३० लाख बजेट समेत व्यवस्थापन गरेको छ । नगरपालिकाले नयाँ कृषि, पशुपन्छी फर्म र घरेलु उद्योग स्थापनका लागि २० लाख भन्दा बढी लगानी गर्ने ५० जना युवाका लागि पाँच वर्ष सम्मका लागि व्याजमा ५० प्रतिशत अनुदान दिने नीति ल्याएको छ ।

गलकोट नगरपालिकाले मात्रै हैन बागलुङका १० पालिका मध्ये अधिकांश स्थानीयतहले कृषि उपज तथा स्थानीय हस्तकला र घरेलु उत्पादनलाई बजारीकरण गर्ने जिम्मा पालिकाले लिन नीति ल्याएका छन् । दश पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेको पाइएको छ ।

उत्पादन भएका घरलु बस्तुले बजार नपाएको गुनासोपछि पालिकाले यस्तो नीति ल्याउन थालेका हुन् । बागलुङको जेठो पालिका बागलुङ नगरपालिकाले घरेलु उत्पादनको बजारीकरणका लागि कृषि गाडी सञ्चालन गर्ने, घरेलु मदिरा ब्राण्डिङ गर्ने नीति ल्याएको नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । “घरेलु मदिरा फाल्ने, विदेशी मदिरा खाने प्रचलन मौलाउदो छ, नगरपालिकाले घरेलु मदिरा ब्राण्डीङ गर्ने र विक्रि वितरण गर्न दिने नीति ल्याएको छ, यस्तै अर्गानिक कृषि उपजहरुलाई बजार ल्याउनका लागि नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याउने नीति ल्यएको छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “ब्राण्ड र लेवलिङ गर्न सके घरेलु मदिरा समेत विक्रि वितरण गर्न पाइन्छ, नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याएपछि गाउँको उत्पादन सर्वसुलभरुपमा बजारमा ल्याइने व्यवस्था मिलाइने छ ।”

नगरले कृषि गाडी संचालनसँगै दुध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रुपमा विकास गर्ने कार्यक्रम अगाडी सारेको छ । नगरपालिकाले स्थानीय रुपमा उत्पादन गरिने मदिरालाई सबै स्वास्थ्यका मापदण्ड पुरा गरी बजारीकरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएका जनाएको छ ।

यस्तै जिल्लाको ताराखोलालले भाँङ्गो र आलुलाई ब्राण्डीङ गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उत्पादनका रुपमा रहेको भाँङ्गो र आलुलाई बजारीकरण गर्न पालिकाले सघाउने गरी नीति तथा कार्यक्रम पास गरेको गाउँपालिका अध्यक्ष धन बहादुर बिकले बताउनुभयो । पालिकामा ब्याबसायिक पशुपालन लाइ वृद्धि गरि दुग्ध संकलन केन्द्र स्थापना गर्ने, दुग्ध जन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृतिम गर्भदान मिसन कार्यक्रम संचालन गर्ने, नर्सरी निर्माणगरी आबश्यक बिउ तथा बिरुवा उत्पादन गरिने, बाँजो जग्गालाइ खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बिमा कार्यक्रम संचालन गर्ने र फलफुल दशक बिरुवा रोपण कार्यक्रम संचालन अध्यक्ष बिकले बताउनुभयो ।

पालिकाले उत्पादनका आधारमा अनुदान दिने र उनीहरुले उत्पादन गरेको नेपाली कागज, अल्लो धागो, राडी, भाङ्गो र निगालो बाट निर्मित बस्तुहरु उत्पादनका लागि सृजना स्तरोन्नति सिप बिकास तालिम र प्रबिधि हस्तान्तरण कार्यक्रम संचालन गर्ने गाउँपालिकाले जनाएको । निजी तथा सार्बजिनक स्थल तथा सामुदायीक क्षेत्रमा रहेका स्लेट ढुंगा उत्खननका लागि वातावरणीय प्रभाब मुंल्याकन सम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति लिएको छ ।

यस्तै जिल्लाको काठेखोला गाउँपालिकाले विद्यार्थीलाई दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, नयाँ घरवासलाई प्रर्बद्धन गर्दै पाहुँनाको सत्कार काठेखोलाको संस्कार भन्ने नीति लिएको गउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो । यस्तै तमानखोला गाउँपालिकाले स्थानीय उत्पादनको स्वाद चखाउने गरी घरबास पर्यटनको विकासका लागि मौलिक गाउँ घोषणा गर्ने भएको छ ।

यस्तै जैमिनी नगरपालिकाले बाँझो जग्गा एकिकृत गरि मसला बाली विकास तथा घाँस विकास कार्यक्रम सञ्चलना गर्ने नीति लिएको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । उहाँले नगरपालिकाले बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना हुने कार्यक्रमहरुलाई प्राथमिकता राख्दै बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता भन्ने नाराका साथ बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै रोजगारी सिर्जना हुनेखालका कार्यक्रम ल्याउने नीति नगरपालिकाले सार्वजनिक गरेको हो । यस्तै आर्थिक विकासको पहिलो सूचक कृषि बनाएको नगरपालिकाले ‘कृषकसँग नगरपालिका कार्यक्रम’ सञ्चालन गरेर पशुपंक्षीपालक कृषकलाई अनुदान दिने नीति लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *