महिला तथा बालबालिकाको क्यान्सरको उपचारमा सरकारले सहयोग गर्छ : स्वास्थ्य मन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले आगमी वर्षदेखी गण्डकी प्रदेश सरकारले महिला तथा १८ वर्ष मुनिका सबैलाई क्यान्सर रोगको उपचारमा सौहुलियत दिने बताउनुभयो ।

प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा महिलाको पाठेघर र स्तन क्यान्सरको मात्रै उपचारमा रु. ५० हजार सहयोग गर्दै आएको गण्डकी प्रदेश सरकारले आगमी वर्ष देखि महिला तथा बालबालिकामा हुँने जुन सुकै क्यान्सर रोगको उपचारमा सहयोग गर्ने बताउनुभयो ।

“हाम्रो सरकार आयइकेपछि पाठेघर र स्तन क्यान्सरको उपचारका लागि भरतपुर अस्पतालसंग सम्झौता गरेर उपचारमा सहयोग गरेका थियौं, त्यो काम अहिले प्रभावकारी भएको छ” मन्त्री अधिकारीले भन्नुभयो “आगमी आर्थिक वर्ष देखि महिला तथा बालबालिकाको जुन सुकै अङ्गमा भएको क्यान्सर रोगको उपचारमा सरकारले सहयोग गछौं, जस्का लागि भरतपुर अस्पताल जस्तै काठमाण्डौका अन्य क्यान्सर अस्पतालमा समेत सम्झौता गछौं जुन कुरा नीति तथा कार्यक्रममा ल्याएका छौं ।”

उहाँले शहिद, वेपत्ता, घाइते तथा अपाङ्ग भएका व्यक्तिका परिवारको निःशुल्क उपचारका लागि स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई पुनस्थापना गर्नको लागि रु. २ करोड बजेट विनियोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले नियमित डाइलासिस गर्ने र ख बर्गका अपाङ्गता भएका बिरामीहरुका लागि समेत गण्डकी प्रदेश सरकारले निःशुल्क बीमा गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *