३२ हजार डाँलेघाँसका विरुवा वितरण

आदर्श अनलाइन, बागलुङ

भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा ३२ हजार डाँलेघाँसका विरुवा वितरण गर्न थालेको छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डाँलेघाँसका विरुवा किसनालाई वितरण गर्न थालिएको हो ।

पशुपालनका लागि सहज हुँने डाँलेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्नेछ । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डाँलेघाँस रोप्दा पशुपालन र भू–क्षय नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यालयले वर्षेनी डाँलेघाँसका विरुवा वितरण गर्दै आएको छ ।

कार्यालयले बागलुङमा स्थापना गरेको विरुवा नर्सरीमा उत्पादन गरेको ३२ हजार विरुवा सोमबार बागलुङ नगरका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले किसानलाई विरुवा हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो । श्रेष्ठले डाँलेघाँसले किसानलाई मात्र नभएर भू–संरक्षण र बातावरणको क्षेत्रमा समेत सहयोग गर्ने बताउनुभयो ।

उहाँले आगमी दिनमा नगरपालिकाले भू–संरक्षणसंग साझेदारी गरेर विरुवा उत्पादन बढाएर वडा–वडामै विरुवा वितरणको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो । नर्सरीमा उत्पादन भएका ३२ हजार बिरुवा किसानको व्यवसायिक पशुपालनका आधारमा अनुपात मिलाएर असार मसान्त सम्म वितरण गरिसक्ने भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार राइखन्यू, निमारो, तारुबाँस र काफाल लगायतका आधा दर्जन डाँलेधाँसका विरुवा वितरण गरिनेछ । भिरालो जमिन, सडकको छेउछाउ, खोलसोल्सी लगायत खाली जमिनमा डाँलेघाँस लगाउन सकिने भन्दै पछिल्लो समय किसानहरु डाँलेघाँसप्रति आकर्षित भएको बताउनुभयो ।

“पशुपालक किसान अहिले डाँलेघाँस प्रति आर्कषित भएका छन्, हामीले उत्पादन गरेका विरुवा सदुपयोग भएकोमा खुसी छौं” कार्यालय प्रमुख पौडेलले भन्नुभयो “किसानको माग निमारो, राइखन्यू र काफाल जातको डाँलेघाँसमा बढी छ, त्यही अनुरुप हामीले विरुवा उत्पादनलाई बढाउदै लगेका छौं ।” भू–संरक्षण संगै डिभिजन वन कार्यालय बागलुङले समेत वर्षेनी डाँलेघाँसका विरुवा वितरण गर्दै आएको छ । उन्नतजातका डाँलेघाँसका कारण किसानहरुले पशुपालनबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *