आदर्श अनलाइन, बागलुङ
निरन्तरको वर्षातका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटदेखि बुर्तिबाङ खण्ड र बागलुङदेखि म्याग्दी जाने सडक पहिराले पूर्ण रुपमा अवरुद्ध बनाएको छ ।
लोकमार्ग गन्र्तगत गलकोट नगरपालिका–७ आँगाखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
तुरतुरेमा वर्षेनी पहिरो खस्ने गरेको छ । वर्षातले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ । यस्तै बागलुङदेखि म्याग्दी जिल्ला जोड्ने मुख्य सडक समेत पहिरेले अवरुद्ध बनाएको छ । ब
बागलुङ नगरपालिका ४ र म्याग्दी जिल्लाको बेनी नगरपालिका १ को सिमाना स्थित डम्मरेखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको छ ।