राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकालाई


आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा सम्पन्न जिल्ला स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्डको उपाधी बागलुङ नगरपालिकाले जितेको छ ।

बागलुङका १० पालिका मध्ये ८ पालिकाले छनौट गरेर पठाएको खोलाडीमध्ये ६ विधाको खेलमध्ये बागलुङ नगरपालिकाले सबैभन्दा बढी पदक जितेर प्रथम भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालनको जिम्मा पाएको जिल्ला खेलकूद विकास समिति बागलुङका अनुसार बागलुङ नगरपालिकाले २२ स्वर्ण, १५ रजत र १४ काश्य पदक प्राप्त गरी प्रथम भएको हो ।

यस्तै १२ स्वर्ण, ६ रजत र १३ काश्य पदक प्राप्त गरी गलकोट नगरपालिका दोस्रो र ४ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेर काठेखोला गाउँपालिका तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका सचिव तारा शर्माले जानकारी दिनुभयो ।

१० पालिका रहेको बागलुङमा तमानखोला र निसीखोला बाहेक अन्य ८ पालिकाले विद्यार्थीहरुबाट खेलाडी छनौट गरी पठाएको शर्माको भनाई छ । ६ विधामा ८ पालिकाका छात्र र छत्राको छुट्टा छुट्टै खेल भएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्ट अन्तरगत तेक्बान्दो, कराते र उस्सु रहेका थिए ।

पालिकाले सबै विद्यालयलाई पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिश्प्रधा गराई विजयी टिमलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउदै आएको छ । गतवर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधी समेत बागलुङ नगरपालिकाले हात पारेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *