हिउँदमा विकास, बर्खामा सकस

डम्मर बुढा मगर, बागलुङ
जब वर्षात सुरु हुन्छ, तब बागलुङका ग्रामीण सडकहरु बन्द हुन्छन् । कारण हो, जथाभावि रुपमा ट्राक खोल्ने तर नाली निर्माण गर्न नसक्ने । बागलुङका ९० प्रतिशत सडकको हालत वर्षातको समयमा बिजोगनै हुन्छ । बागलुङका ग्रामीण सडक वर्षा सुरु भएसँगै अवरुद्ध छन् । सडकको बिच भागबाटै भोल बग्ने गर्दा क्षतविक्षत बनेका छन् । ग्रामीण सडकहरु हिलाम्मे भएपछि यात्रुले समस्या भोग्नु परेको छ ।

बागलुङमा पर्ने दुई राष्ट्रिय गौरवका आयोजना बोहक अन्य सडक भने वर्षमा करिब चार महिना बन्द हुने अवस्था छ । पूर्व पश्चिम मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर पनि समय–समयमा अवरुद्ध हुने गर्छन् । राष्ट्रिय लोकमार्ग हुँदा सरोकारवाला निकालयले तत्तकाल खोल्ने गर्छ । तर गाउँका सडकहरु मध्य असारदेखि बन्द भ एभने दशै तिहारसम्म पनि सररर गाडी गुड्ने गरि खुल्दैनन् ।

स्थानीय सरकार आएपछि विकासका रुपमा सडक निर्माणलाई जोड दिएको पाइन्छ । गाउँ–गाउँ बस्ती–बस्तीसम्म अव्यवस्थित र बिना इन्जिनियरङ भौगोलिक अवस्थाको हेक्का नराखी सडक निर्माण गर्दा रहेक वर्ष स्थानयलाई समेत सकस पर्ने गरेको छ । विकासका नाममा सडक निर्माणले मानवीय क्षति समेत हुने गरेको पाइएको छ । विगतका वर्षमा जिल्लाका विभिन्न पालिकामा धेरैको ज्यान समेत गएको छ ।

वर्षातले बिगारेको सडक हिउँदामा समेत यात्रा गर्न निकै गाह्रो हुने गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । वर्षातको समयमा सडकहरु बिग्रिएपछि बजार आउजाउ गर्न समस्या पर्ने बडिगाड गाउँपालिका वडा नम्बर ८ का दलबहादुर विकले बताउनुहुन्छ । उहाँले वर्षातको कारण सडक बिग्रिदा बजारदेखि गाउँमा सरसामान लैजान र गाउँमा उत्पादित सामग्री बजारसम्म पु¥याउने समस्या भएको बताउनुहुन्छ ।

‘हिउँदमा त सडक राम्रै हुन्छ, कच्ची भए पनि साना गाडीहरु चल्छन्, आवतजावत गर्न पनि सजिलै हुन्छ, जब बर्खा लाग्छ, त्यसपछि समस्या सुरु हुन्छ, बजारबाट गाउँ जान पनि समस्या, गाउँबाट बजार झर्न पनि समस्या’ विकले भन्नुभयो ‘बर्खामा गाउँमा केही सामान सकिएर बजारबाट ढुवानी गर्न प¥यो भने यस्तो समस्या हुन्छ, ठूलो कुरो गाडीनै चल्दैनन्, चले पनि बाटोमै फसेर तनाबै तनाब हुन्छ ।’

निसीखोला गाउँपालिका वडा नम्बर ७ का प्रेमबहादुर कुँवरले हिउँदमा हुने मापदण्ड विपरितका विकासले बर्खामा नागरिकले समस्या खेप्ने गरेको बताउनुभयो । उहाँले हिउँदमा सडक निर्माण गर्ने, नहर निर्माण गर्ने तर बर्खाको समयमा सबै बगाएर खोलामा पु¥याउने गरेको बताउनुहुन्छ ।

‘सरकारले विकासको नाममा डोजर प्रयोग गरेर सडक, नहर तथा भवनको जग खन्छन्, त्यसको थर्कोले त्यस वरपरको जमिन कमजोर हुनेर बर्खाको पानीले पहिरो जाने गरेको छ, पहिरो मात्रै गए त हुन्थ्यो, घर, बस्ती, गाउँनै जोखिममा पर्ने गरेको छ,’ कुँवरले भन्नुभयो ‘हिउँमा दिमाग लगाएर, व्यवस्थित तरिकाले विकास गर्ने हो भने किन बर्खाको बेला यस्तो समस्या हुन्थ्यो र ?, कसको ध्यान जाने ?, सबैको खन्ने भत्काउने तर्फ ध्यान हुन्छ ।’

उहाँले हिउँदमा निर्माण गरेको सडक बर्खामा भत्किएर पैदल यात्रा गर्ने गोरेटो समेत पुरि दिने गरेको बताउनुभयो । हिउँदमा निर्माण भएका संरचनाका कारण बर्खामा स्थानीयले समस्या भोग्नु परेको भन्दै यस तर्फ सरोकारवालाको ध्यान भने नगएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *