रोहन जि.सी, बागलुङ
सोमबार रातिको बर्षा संगै आएको पहिरोले बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर – ७ रेशका ५ घर जोखिममा परेका छन् ।
वर्षाले रेश साविकको ९ स्थित जिरेदी स्वारा निवासी सम्मर बहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेम बहादुर जिसी र लोक बहादुर जिसीको घर उच्च जोखिममा परेको स्थानिय लिला बहादुर कार्कीले जानकारी दिनुभयो ।
ति मध्ये सम्मर बहादुर कार्की र मञ्जु कार्कीको घर पुर्ण क्षतीग्रस्त भएकाले छिमेकीको घरमा आश्रय लिएर बसेको काठेखोला गाँउपालिका वडा नम्वर ७ का अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । सो स्थानका अन्य १४ घर समेत जोखिममा रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
छिमेकीका घर जोखिममा परेपछि वडा अध्यक्ष लामिछाने सहित वडा सदस्य प्रेम बहादुर कार्की र प्रहरीको टोलीले अवलोकन गरी क्षेतीको विवरण संकलन शुरु गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
अहिले स्थानियको सहयोगमा पहिरो हटाउने कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ । काठेखोला गाँउपालिकाको न्यायीक समितिले अवलोकन गरेर सोही अनुुसारको राहत वितरण गरिने स्थानीयलृ बताउनुभयो ।