१२ बजे आउँछन् नापी कार्यालयका कर्मचारी

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा सरकारी कार्यालयका कर्मचारीहरुको मनपरी चल्ने गरेको पाइएको छ । उनीहरु हाकिमलाई समेत टेर्दैनन् । कार्यालय आउने जाने समय त झन् अझ गज्जबको छ । उनीहरु जति बेला कार्यालय आए पनि हुन्छ । सोमबार विहान साढे १० बजे नापी कार्यालय बागलुङमा पुग्दा धेरै कर्मचारीका कार्यकक्ष खाली थिए । कार्यालयमा उपस्थित भएका कर्मचारीहरु पनि काममा थिएनन् । केही कर्मचारी समयमै आउने तर केही भने प्रायः ढिलानै आउने गरेको बुझियो । ११ बज्नै लाग्दा आएकी प्राबिधिक फाँटकी कर्मचारी रमिला शर्माले प्रतिक्रियानै दिन मान्दिनन् ।

यस कार्यालयका तल्लो तहका कर्मचारी मात्रै होइन, माथिल्लो जिम्मेवारीमा रहेकासमेत कार्यालयको कामप्रति गैरजिम्मेवार देखिन्छ । कार्यालयका सूचना अधिकारी समेत रहेका कृष्ण उपाध्याय भने १२ बजे मात्रै कार्यालय आएका थिए । तर उनीले २० मिनेट मात्रै ढिला कार्यालय आएको जिकीर गर्छन् । त्यति मात्रै नभएर उनले आफ्नो व्यक्तिगत समस्या देखाउँदै उम्किन खोजे ।

‘दुई दिन बिदा लिएर खेत रोप्न गएका थिएँ, घरमा बुढाबुढी आमाबा मात्रै हुनुहुन्छ, विहान फर्किएर आँदा बाटोमा बाइक बिग्रियो, त्यही भएर समयमा आउन सकिन,’ शर्माले भने ‘२० मिनेट ढिला आएको थिएँ, त्यही भएर आज कार्यालयमा हाजिर गरिन ।’

उनले कार्यालय आएर हाजिर गर्न नपाउनको कारण भने अर्कै थियो । आदर्श टिम छड्डेका लागि कार्यालय पुगेर कार्यालयका प्रमुख योगेन्द्र कुमार यादवलाई ढिला आएका कर्मचारीले काम गर्न पाउँछन् भन्ने प्रश्न राखेपछि उनले आजको हाजिरनै नहुने गरि काटि दिए । हाजिर काटि दिएपछि १२ बजे कार्यालय आएका उपाध्यायले हाजिर गर्न नपाएका हुन् ।

नापी कार्यालयका कर्मचारीले हाकिमलाई समेत नटेर्ने गरेको पाइएको छ । हाकिमले पटक–पटक सजक बनाए पनि उनीहरु भने अटेरी गरि रहन्छन् । ढिला आउने भए पनि कार्यालय प्रमुखलाई जानकारी गराउनु पर्छ । तर यहाँका कर्मचारी आधा दिन काटिसकेपछि आएर पनि कार्यालय प्रमुखलाई जानकारी गराउँदैनन् । आज कार्यालय ढिला आउने रमिला शर्मा र कृष्ण उपाध्यायसहित तीन जना कर्मचारी कार्यालय प्रमुखले हाजिर समेत काटि दिएका थिए । अर्का कर्मचारी वासुदेव पौडेल भने कार्यालय उपस्थित भएका छैनन् । उपस्थित नभएका पौडेलले कार्यालयमा जानकारी समेत गराएका छैनन् ।

यो कार्यालयसँगै जिल्ला स्थित अन्य कार्यालयमा समेत कर्मचारी समयमै कार्यालय पुग्दैनन् । तर समयमा पुगेका कर्मचारीले भने उनीहरु बचाउ गर्ने गरेका छन् । कार्यालय समयभन्दा ढिलो आउने र छिटो जाने कर्मचारीलाई कसैले पनि अहिलेसम्म कारवाही गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *