पचास जना सहकारीकर्मीहरुबाट शुरु भयो एमालेको पाँच हजार दिने पाँच हजार सदस्य अभियान

आदर्श अनलाइन
ललितपुर

नेकपा एमालेले पार्टीमाथि सदस्यहरुको स्वामित्व बढाउन, भावनात्मक एकता कायम गर्न तथा स्रोत संकलनलाई व्यवस्थित रुपमा निरन्तरता दिनका लागि अगाडि सारेको पाँच हजार दिने पाँच हजार सदस्य राष्ट्रिय अभियान शुक्रवारदेखि शुरु भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को शुरुवातसंगै लागु हुने उक्त अभियानको शुभारम्भ शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको हो ।
पार्टीले सञ्चालन गरेको पाँच हजार दिने पाँच हजार सदस्य राष्ट्रिय अभियानको शुभारम्भ नेकपा एमाले समर्थित सहकारीकर्मीहरुबाट शुरु भएको हो ।

अभियानको शुभारम्भ सहकारी क्षेत्रमा संलग्न ५० जना पार्टी सदस्यको सहभागिताबाट भएको छ । सहकारी अभियानमा सक्रिय एमालेका सदस्यहरुले पार्टीले सञ्चालन गरेको अभियान सकारात्मक र पार्टी सञ्चालनका लागि महत्वपूर्ण लागेकोले आफुहरुले पार्टीको अभियानमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले सहकारी अभियान र एमाले पार्टीले सञ्चालन गरेको अभियानको प्रकृति मिल्ने भन्दै पार्टी अभियानमा साथ दिन आग्रह गर्नु भयो । पार्टी सदस्यहरुको मात्र सहभागिता रहने यस अभियानको शुभारम्भका अवसरमा महासचिव पोखरेलले पार्टीलाई सदस्यहरुको आर्थिक सहयोगमा आधारित र आत्मनिर्भर बनाउन यो अवधारणा ल्याइएको बताउनुभयो ।
सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन राज्यको भूमिका बढाउनु पर्नेमा जोड दिदै महासचिव पोखरेलले सहकारीलाई उत्पादनसंग जोड्न्े, उत्पादित वस्तुको बजारीकरण गर्ने र राष्ट्रिय पूँजि –निर्माणका लागि वचत परिचालनमा थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

मुलुकको स्थिरता र विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको चर्चा गर्दै उहाँले नेकपा एमालेलाई मुलुकको बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि पार्टीका हरेक क्षेत्रमा क्रियाशिल सदस्यहरुको सहयोग र समन्वय आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपमहासचिव तथा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख विष्णु रिमालले अभियानका बारेमा विस्तुृत रुपमा जानकारी गराउनु भएको थियो । यो अभियानमा सहभागी हुन चाहनेहरुले मोवाइल बैकिङ तथा इसेवाबाट क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो ।

यो अभियानमा संलग्न हुन चाहनेहरुको पार्टीमा प्रत्येक महिना पाँच हजार रुपैया योगदान रहनेछ । वर्तमान केन्द्रीय कमिटिको अवधीसम्म यो अभियान सञ्चलान हुने रिमालले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीकर्मीहरुको तर्फबाट सहकारी तथा गरिवी निवारण विभागका सदस्य के.बी.उप्रेतीले पार्टीले सञ्चालन गरेको अभियानमा पार्टीका सदस्य सहकारीकर्मीहरुबाट सक्दो सहयोग र सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

यो अभियान रकम संकलनका लाग मात्र नभई पार्टीलाई सदस्य आधारित बनाउन योगदान गर्ने सदस्य तथा शुभेच्छुकको समर्पणका लागि पनि योगदान भएकाले हरेक महिना पाँच हजार–पाँच वर्षसमम्को नीति लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *