कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय रणनीति योजना


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय रणनीति योजना तयार पारेको छ । गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगमी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक तथा मन्दिर वरपरका क्षेत्रमा योजनाबद्द विकास गर्नका लागि पञ्चवर्षीय रणनीति तयार पारेको हो ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले आफू आएपनि आगमी पाँच वर्ष भित्र कालिका मन्दिरमा गर्न सकिने विकास, सामाजिक कार्य तथा कालिकाको महिमा बढाउने विषयमा रणनीति तयार पारेर अघि बढेको बताउनुहुन्छ ।

उहाँले कालिका मन्दिरको विकासका लागि ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको र यसै योजना मार्फत आँफूले काम गर्ने बताउनुभयो । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिर परिसर भित्र रहेका जीर्ण संरचनाहरु पुरातात्वीक हिसावले निर्माण गर्ने, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला निर्माण गर्ने, धार्मिक संग्रहालय निर्माण गर्ने, मन्दिर परिसरमा अखण्डधुनी निर्माण गर्ने, हवन कुण्ड निर्माण गर्ने, मन्दिर परिसरमा प्रयावरण सन्तुलन राख्ने जस्ता महत्वपूर्ण कार्य हुनेछन् ।

“हामीले पाँच वर्षमा गर्न सकिने मात्रै योजनामा समावेश गरेका छौं, समग्रमा मनिन्दरलाई कलात्मक ढंगले संरक्षण गर्ने भक्तजनहरुको सुविधालाई ध्यान दिने हो” खड्काले भन्नुभयो “पर्यटकीय गाइड राख्ने देखि अपाङ्ग मैत्री संरचना निर्माण गर्ने रणनीतिक योजनामा छ, यस्तै भक्तजनहरुको रेकर्ड राख्ने, सिसि क्यामेराले निगरानी गर्ने र आफ्नै वेवसाइट निर्माण गर्नु हो ।”

मन्दिर प्रवेश गर्ने दुई स्थानमा सुरक्षा गेट निर्माण गर्ने, मन्दिर परिसरको जंगलमा पाइने बन्यजन्तुको संरक्षण गर्ने लगायतका योजना समावेश गरिएको छ । कनिदर परिसरको घना जंगलमा चितुवा, मृग तथा कालिजहरु प्रसस्त पाइन्छन् ।

रणनीतिक योजना अनुसार काम गर्दा मन्दिरको भइरहेको संरचनामा क्षति नपुग्ने, कम खर्च लाग्ने र मन्दिरको स्वरुप नबिग्रने खड्काको भनाई छ ।

मन्दिरले सामाजिक उत्तरदायित्व अनुसार योगा स्थानको व्यवस्था गर्ने, गरिब, जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उदेश्यले शैक्षिक कोष निर्माण गर्ने, बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई व्यवस्थित गराउनका लागि पार्कीङ व्यवस्थापन आश्रमलेनै गर्ने र आम्दानी समेत आश्रमलेनै लिने व्यवस्था मिलाईने मन्दिरको योजनामा समावेश गरिएको छ ।

मन्दिरको ३१ बुँदे रणनीतिक योजना अनुसार मन्दिरले कालिका भगवतीको नामांकित एम्बुलेन्स, शव बाहन तथा दमकलको समेत व्यवस्थापन गर्ने पञ्चवर्षे योजनामा समावेश गरिएको छ ।

कालिका मन्दिरले भेटी मार्फत संकलन गर्ने रकम र विभिन्न सरकारी कार्यालयले दिएको योजना अनुसार पञ्चवर्षे रणनीतिक योजना सफल पार्ने जनाएको छ ।

कालिका मन्दिर परिसरमा रातको समयमा अवान्छनिय गतिविधि भएको पाइएकाले मन्दिर प्रवेशद्वार राती नौ बजे देखि विहान २ बजे सम्म बन्द गरिने भएको छ । मन्दिरको सुरक्षाका लागि राखिएका ८ वटा सिसि क्यामेरा थपेर अहिले २४ पु¥याउन थालिएको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *